‘संसदीय व्यवस्थाको विकल्प वैज्ञानिक समाजवाद ‘

२०७८ मंसिर ५ गते, आईतवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा चितवन जिल्ला ईन्चार्ज सन्देश पौडेलले दलाल संसदीय व्यवस्थाको अन्तिम विकल्प वैज्ञानिक समाजवाद रहेको र त्यसको प्राप्तिको लागि सबै एक भएर लड्नु पर्ने आवश्यकता रहेको बताएक छन । नेता पौडेलले
नेकपा चितवनको जिल्ला पार्टी कार्यालय उद्घाटन गर्दै सो कुरा बताएका हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका जिल्ला इन्चार्ज पौडेलले शान्तिपूर्ण बाटोबाट वैज्ञानिक समाजवादमा पुग्ने एक मात्रै विकल्प जनमत संग्रह भएको बताउदै जनमतसंग्रहको तयारीमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन समेत दिए । एक फरक प्रसंगमा नेता पौडेलले आफुहरुले छुट्टै कार्यालयको उद्घाटन गरेपनि भरतपुर ७ कृष्णपुरमा रहेको तत्कालीन एकीकृत नेकपा माओवादीको पार्टी कार्यालयमा आफ्नो पार्टीको पनि दाबी रहने र आफ्नो भाग लिएरै छोड्ने बताए ।
कार्यक्रममा नेकपा चितवनका विशेष कमिटी सदस्य उत्सव लामा र रुद्र भट्टराई अतिथि रहेका थिए भने कार्यक्रम संचालन जिल्ला सेक्रेटरी मिनप्रसाद सापकोटाले गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]