नेकपानिकट जनवर्गीय संगठनद्वारा प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र !

२०७८ मंसिर ६ गते, सोमबार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल नेपाल भूमीहिन सुकुम्वासी संघका अध्यक्ष ओम पुन, अखिल नेपाल जनसाँस्कृतिक महासंघका अध्यक्ष माइला लामा, अखिल नेपाल महिला संघ क्रान्तिकारीका अध्यक्ष वन्धु चन्द,श्रमिक समुदाय मोर्चा नेपालका अध्यक्ष रामलाल विश्वकर्मा,जनक्रान्तिका महान सहिद परिवार संगठन नेपालका अध्यक्ष खुमा सुवेदी, नेपाल गणतान्त्रिक खेलकुद महासंघका अध्यक्ष जयन्द्र चन्द, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का अध्यक्ष हरि श्रेष्ठ, अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका अध्यक्ष टिका प्रसाद कँडेल, जनगणतान्त्रीक सम्पर्क मञ्चका अध्यक्ष रत्न मगर, नेपाल राष्ट्रिय वुद्धिजीवी संगठनका अध्यक्ष व्यापक नेपाली, जनपत्रकार संगठन नेपालका संयोजक शेर वहादुर विश्वकर्मा, राज्य द्धारा वेपत्ता योद्धा परिवार समाज नेपालका संयोजक राम वहादुर थापा,अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघका अध्यक्ष विनोद थापा,अखिल क्रान्तिकारीका अध्यक्ष प्रकाश शाही, युवा संगठन नेपालका अध्यक्ष पाटन,र राष्ट्रिय उद्योग वाणिज्य महासंघका अध्यक्ष श्रीकृष्ण वस्नेतले मूल्यबृद्धिले जनताको जनजीवन थप कष्टकर भएको भन्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले जनताको दैनिक जीवन निर्वाहसँग जोडिएको अर्थतन्त्रको मानक पेट्रोलियम पदार्थमा सरकारले निरन्तर गरेको मूल्यवृद्धिको विरोधमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएका हुन् ।

नेकपा केन्द्रीय सदस्य तथा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की अध्यक्ष बन्धु चन्दको नेतृत्वमा गएको संयुक्त जनबर्गीय संगठनको टोलीले मन्त्रालयका सचिव दिनेश भट्टराईमार्फत देउवालाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझाउदै अध्यक्ष चन्दले सरकारले कुनैपनि हालतमा पेट्रोलिय पदार्थमा गरेको मूल्य बृद्धिले फिर्ता लिनु पर्ने माग गरेकी थिइन् । उनले भनिन – ‘हामीले चरणबद्ध आन्दोलन गरिरहेका छौँ । हाम्रो एक मात्र माग पछिल्लो समय भएको मूल्य बृद्धि फिर्ता हुनुपर्छ भन्ने हो । यसका लागि हामीले नेपाल बन्दसम्मका कार्यक्रमहरु गरेर व्यापक जनसमर्थन पाएका छौँं’, उनले भनिन्, ‘यो जनताको मागलाई बेवास्ता गरिए निर्णायक आन्दोलन गर्न हाम्रो पार्टी बाध्य हुनेछ । यसमा समयमै सरकारले ध्यान देवस ।’
ज्ञापनपत्र बुझाउँदै अध्यक्ष चन्दले स्थायी सत्ताका रुपमा रहेको कर्मचारी संयन्त्रले मूल्य बृद्धि नियन्त्रणका बारेमा खोचेर निर्णय गर्नुपर्ने बेला आएको बताइन् ।
ज्ञापनपत्र बुझ्दै मन्त्रालयका सचिव भट्टराईले छिटो भन्दा छिटो यो ज्ञापनपत्र प्रधानमन्त्री देउवालाई बुझाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]