जनगणतान्त्रिक सम्पर्क मञ्चद्वारा शिव राई, एल. बि. थापा र शुवाष राईको सदस्यता खारेज

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी जनगणतान्त्रिक सम्पर्क मञ्चले उदयपुर-काठमाण्डौ जनगणतान्त्रिक सम्पर्क मञ्चको अध्यक्ष शिव राई, केन्द्रीय सदस्य द्वय एल. बि. थापा र शुवाष राईलाई निष्कासन गर्दै उनीहरुको साधारण सदस्यता समेत खारेज गरेको छ। मञ्चका केन्द्रिय अध्यक्ष कमान सिंहले आज एक बिज्ञप्ति जारी गर्दै सो उनीहरुको साधारण सदस्यता समेत खारेज गरेको जनाएका छन ।
यस बिषयमा जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समितिका अध्यक्ष कमान सिंहले जारी गरेको बिज्ञप्ति यस प्रकार रहेको छ – ” हाम्रो गौरवशाली नेपाल कम्युनिष्ट पार्टीनिकट जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समिति नेपाल बिध्धमान दलाल पूँजिबादी संसदीय व्यवस्था बिरुद्ध बिभिन्न संघर्षको चरणहरु पार गर्दै त्यसको समानधानको निम्ति प्रगतिशिल व्यवस्था संग-संगै बैज्ञानिक समाजबादी व्यवस्था स्थापनाको लागि संघर्ष गर्दै आईरहेको सर्वबिदितै छ साथै संगठनभित्रको गलत चिन्तन र प्रबृतिको बिरुद्धको पनि कठोर संघर्ष गर्दै आएको छ।
यसै सन्दर्भमा जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समिति नेपालको उदयपुर स्थायी घर भएका उदयपुर-काठमाण्डौ जनगणतान्त्रिक सम्पर्क मञ्चको अध्यक्ष शिव राई, केन्द्रीय सदस्य द्वय एल. बि. थापा र शुवाष राई संगठनको नीति बिपरित पार्टी अनुशासन बिचलनमा रही बिगत तिन बर्ष देखी निष्कृय भई उहाँहरुले मिति २०७८।०८।१० गते axiskhaba। comअनलाईन मिडियामा दिएको अभिव्यक्ति भ्रामक र गैर जिम्मेवारी रहेको हुदाँ निजहरुलाई आजको मितिदेखि हाम्रो संगठनको साधारण सदस्य समेत नरहने गरी निस्काशन गरिएको व्यहोरा जानकारी गराउँदछौं । साथै उदयपुर-काठमाण्डौ जनगणतान्त्रिक सम्पर्क मञ्चको कार्यवहाक अध्यक्ष कमल रानालाई आजैको मितिदेखि जिम्मेवारी दिईएको व्यहोरा समेत जानकारी गराईन्छ |”