‘प्रचण्डले शहिदहरुको रगतको अपमान गरे’

२०७८ मंसिर १३ गते, सोमबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी कालीकोटका सेक्रेटरी रणदिपले प्रचण्डले शहिदहरुको रगतको अपमान गरेको गरेको अरोप लगाए । सेक्रेटरी रणदिपले पचाल झरना गाउँ कमिटीले आयोजना गरेको सांस्कृतिक जनसभालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । उनले दलाल संसदिय व्यावस्थाको निम्ति माओवादीले जनयुद्व गरेको नभई देश र जनताको मुक्ति वा विजयका निम्ति लडेको बताए ।
‘संसदवादी पार्टीका नेता कार्यकर्ताले ५ वर्षमा शहिदलाई बिर्सिसकेका थिए ।’ सभालाई सम्बोधन गर्दै रणदीपले भने, ‘अहिले जनतालाई चुनावी ढाल वनाउन, जनतामा मुलाम भएर आएका छन् । यो आगामी संसदिय÷ स्थानीय चुनाव अभियान भनेको जनतालाई ठग्ने र लुटने अभियान हो।’
उनले अगाडि भने, ‘स्थानीय चुनावी वातावरण वनाउनका निम्ति जनतामा झन ठग राजनीति गरेका छन ।’ ईमान्दारीकता नैतिकता नभएको राजनीति र व्यावस्था भनेको यही संसदिय व्यावस्था हो यसले जनता ठग्ने र लुटने वाहेक जनताको अर्को कुनै सेवा नगर्ने र अधिकार नदिने बताए ।
नेकपाको लडाई भनेको एकीकृत जनक्रान्तिबाट आउने वैज्ञानिक समाजवादले जनतालाई अधिकार सम्पन्न वनाउनका लागि भएको बताए । ‘दलाल संसदिय व्यवस्थाद्वारा महंगी भ्रष्टचार कालो वजारीले जनतालाई सास्ती दिएको छ । त्यसका विरुद्व पार्टी डटेर जनताको पक्षमा लड्छौँ ।’ उनले भने । माकेका अध्यक्ष प्रचण्डले नेकपासँग पार्टी एकताको हल्ला चलाएर छलकपट गर्न खोजेको उनको भनाई छ । ‘जनसमुदायमा प्रचण्डको भ्रमपूर्ण हल्लामा नलाग्न आग्रह गर्दछु ।’ उनले भने, ‘संसदवादी पार्टी नेता धेरै भए पनि जनता लुटदा, ठग्दा दमान गर्दा एक ढिक्का हुन्छन् । संसदिय प्रदुषणको उन्मुक्ति दिने नेकपाको नेतृत्वमा एकीकृत जनक्रान्तीबाट वैज्ञानिक समाजवादले हो ।’
सहिद समृति गाउँ कमिटी ईन्चाज शाहासीले नेकपाको राजनीति लडाई भनेको जनताको मुक्ती सुनिश्चत गर्ने, जनतालाई अधिकार सम्पन्न वनाउने लडाई भएको बताए । ‘यो लडाईले जनताको अधिकार ग्यारेण्डी गर्ने, जनताको सेवा गर्ने, जनताको सेवक राज्य भनेको वैज्ञानिक समाजवाद नै हो ।’ उनले भने, ‘वैज्ञानिक समाजवाद प्राप्तिको निम्ति एकिकृत जनक्रान्ती गरिरहेको छ । जनतालाई साथ दिन आग्रह गर्दछौँ ।’
पार्टीको वैज्ञानिक समाजवाद वाहेक अर्को कुनै उदेश्य नरहेको प्रष्ट पार्दै उनले भने, ‘संसदवादी राजनीति पार्टीको राजनीति भनेको संसदिय व्यावस्थालाई सुदृढ गर्ने संसदिय व्यवस्था टिकाउने हो । यो भनेको जनतालाई लुटने, ठग्ने, शोषण गर्ने, दमन गर्ने महंगी, कमिन, कालोवजारी, सामाजिक विकृति लादने, निरंकुशताको निरन्तरता हो ।’
सास्कृतिक जनसभा कार्यक्रममा जनप्रभात स्मृति जनकलाकारको विजोड प्रस्तुत रहेको थियो । साँस्कृतिक कार्यक्रम मा ५ ०० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा माके परित्याग गरि नेकपामा ५ जनाले प्रवेश गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]