‘ ३ बुंदे सहमति कार्यन्वयन गर्न ढिलो नगर ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य तथा प्रवक्ता प्रकाण्डले सरकारलाई ३बुंदे सहमति कार्यन्वयन गर्न ढिलो नगर्न चेतावनी दिदै सरकारको ढिलाईको कारण आमजनता सामु सरकारको विश्वसनीयता गुम्दै गएको बताएका छन। सो पार्टीनिकट नेपाल गणतान्त्रिक खेलकुद महासङ्घ केन्द्रीय समितिको आठौं पुर्ण बैठकलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्डले सो कुरा बताएका हुन् । प्रवक्ता प्रकाण्डले सरकारले ३ बुदे सहमतिलाई कार्यन्वयन नगरे त्यसबिरुद्ध जनआक्रोश बढ्ने र परिणाम भयानक हुने सक्ने बताए । उनले बर्तमान राजनीतिक संकटको एकमात्र समाधान जनमत संग्रहमार्फत बैज्ञानिक समाजवाद स्थापना गर्नु रहेको बताउदै यस कार्यका लागि गणतान्त्रिक खेलकुद महासङ्घलाई आफ्नो भूमिका निभाउन निर्देशनसमेत दिए।

उक्त कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा खेलकुद फ्र्याक्सन इन्चार्ज मिलनले आजको परिवेशमा नेपाल गणतान्त्रिक खेलकुद महासङ्घले गर्नुपर्ने र गर्नसक्ने बिषयमा प्रकाश पारेका थिए ।
सङ्गठनका अध्यक्ष जयन्द्र चन्दको अध्यक्षतामा बसेको सो बैठकको संचालन महासचिव बिनोदले गरेका थिए ।