प्रधानन्यायाधीश अस्पताल भर्ना : कानुन व्यवसायीद्वारा नाराबाजी बन्द

२०७८ मंसिर १४ गते, मंगलवार


काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अस्पताल भर्ना भएपछि कानुन व्यवसायीहरुले उनीविरुद्ध नाराबाजी लगाउन बन्द गरेका छन् । कोरोना संक्रमण देखिएपछि प्रधानन्यायाधीश जबरा सोमबारदेखि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना भएका छन् । हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।
प्रधानन्यायाधीश जबराको राजनीमा माग्दै निरन्तर विरोध तथा धर्ना गर्दै आएका उनीहरुले मंगलबार भने धर्ना तथा विरोध प्रदर्शन मात्रै गरेका हुन् । अरु दिन जबराको राजीनामा माग्दै नाराबाजी गर्दै आएका थिए, तर आज नाराबाजी भने गरिएन । आज कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश जबरालाई अस्पताल परिसरबाटै राजीनामा दिएर आराम गर्न सुझाव दिएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]