‘एमालेले निष्कासन गरेकाहरु सहभागी भए संसद चल्न दिदैनौ’

काठमाडौ । प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीले एमालेले निष्कासन गरेकाहरु सहभागी भए संसदको आगामी बैठक पनि चल्न नदिने बताएका छन् । काठमाडौंको थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालयमा दोस्रो कार्यकालका लागि अध्यक्षको पदभार ग्रहण गर्दै अध्यक्ष ओलीले पार्टीले निष्कासन गरेका सांसदहरु बैठकमा सहभागी भएसम्म संसद चल्न नदिने बताए । संसदको बैठक यही मंसिर २८ गतेका लागि बोलाइएको छ ।
अध्यक्ष ओलीले वर्तमान सरकारबाट मुलुक चल्न नसक्ने भन्दै छिटो निर्वाचनमा गएर नयाँ सरकार गठन गर्नुपर्ने पनि बताए ।
अध्यक्ष ओलीसँगै नवनिर्वाचित उपाध्यक्षहरु, महासचिव, उपमहासचिव र सचिवहरुले पनि पदभार ग्रहण गरेका थिए । यद्यपी ओलीको पदभार ग्रहण कार्यक्रममा नवनिर्वाचित उपाध्यक्ष सुवास नेम्वाङ भने सहभागी भएनन् । वरिष्ठ उपाध्यक्ष नबनाइएको भन्दै नेम्वाङ ओलीसँग असन्तुष्ट छन् ।