‘जनमतसंग्रह अनिबार्य ‘

२०७८ मंसिर २५ गते, शनिबार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा जनगणतान्त्रिक सम्पर्क मञ्चका फ्रयाक्सन इञ्चार्ज चिरन पुन ‘मिलन’ले वर्तमान राजनीतिक संकटको एकमात्र समाधान जनमतसंग्रह भएको ठोकुवा गरेका छन् । जनगणतान्त्रिक सम्पर्क मञ्च अर्तगत सुदूरपश्चिमको संयुक्त जिल्ला भेलालाई सम्बोधन गर्दै नेता मिलनले सो ठोकुवा गरेका हुन् ।


नेता मिलनले अहिले देशको राष्ट्रिय स्वाधीनता निकै सङ्कटमा छ, एकातिर अहिले एमसिसिको नाममा अमेरिकाले नेपाललाई पराधिन र गुलाम बनाउन चाहेको र नेपालका दलाल पुँजिवादी शक्तिहरुले आफ्नो सत्ता, स्वार्थ र कुर्सीका लागि देशको स्वाधीनतालाई विक्री गरेर भएपनि आफ्नो सत्ताको आयु लामो वनाउन चाहन्छन् भन्दै कुनैपनि हातलमा एमसिसि परियोजना खारेज हुनुपर्ने बताए । उनले सम्पर्क मंचले जिल्ला र राजधानीलाई जोड्ने पुलको काम गर्ने कुरा बताउदै हामी जो जहाँ रहे र बसेपनि पार्टी, क्रान्ति र संगठनकोलागि सकृय र क्रियाशिल रहनुपर्ने बताए । नेता मिलनले देशमा भएको भ्रष्टाचार, कालोबजारी, तस्करी, कमिसनखोरी, बढ्दो महँगीका बारेमा बोल्दै बारेमा यसो हुनुमा दलालसत्ताको जनविरोधी गतिविधीको उपज भएको ठोकुवा गरे ।


यसैगरी , नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य ओमप्रकाश पुन ‘निर्माण’ले आजको सन्दर्भमा पार्टीले अघि सारेको जनमत संङ्ग्रहको कार्यनीतिले मुलुकको मुक्ति दिने बताउदै यदि सरकार र हाम्रो पार्टीविच भएको ३ वुँदे सहमती कार्यन्वयन भएन भने त्यसको परिणाम भयानक हुने बताए । त्यस्तै शुभकामना दिनेहरुमा पार्टीका केन्द्रीय सदस्य भगल सिंह, कैलाली जिल्ला सेक्रेटरी दिपेन्द्र चलाउनेले विभिन्न विषयहरुमा आफ्ना शुभकामना मन्तव्य राखेका थिए । संयुक्त भेला कार्याक्रममा जनणतान्त्रिक सम्पर्क मंचका केन्द्रीय अध्यक्ष रत्न मगर, महासचिव पूर्ण श्रेष्ठलगायत पदाधिकारीहरु, अखिल (क्रान्तिकारी)का सचिवालय सदस्य ललित विक, युवा संगठन नेपालका केन्द्रीय सचिवालय सदस्य प्रवीण धामी, नेपाल कम्युनिस्ट पार्टी काठमाण्डौका सचिवालय सदस्य तथा काठमाण्डौ महानगर ईन्चार्ज अविरल, अर्का सचिवालय सदस्य तथा नागार्जुन ईन्चार्ज भीम बटाला, सुकुम्वासी संगठनका केन्द्रीय उपाध्यक्ष मिनराज गिरी, पूर्व बझाङ जिल्ला सेक्रेटरी नरेन्द्र सिंह, वामपन्थी नेता भैरव बोहरालगायत अतिथी रहेका थिए ।


संयुक्त जिल्ला भेलाले नन्दुराज जोसीको अध्यक्षतामा १५ सदस्यीय कैलाली काठमाण्डौ जनणतान्त्रिक सम्पर्क मंचको गठन गरेको छ । जसको उपाध्यक्षमा बम रावल, सचिव लेखराम चौधरी, कोषाध्यक्ष एकराज भण्डारी र सदस्यहरुमा किशोर बोगटी, खुश्वु रानाथारु, अनिश ओझ, दिपकराज जोशी, विरबहादुर चौधरी, विशाल कठरिया, महेन्द्र विष्ट, विनोद न्यौपाने, हिमा न्यापाने, पुनम न्यौपाने रहेका छन ।
त्यस्तै उदयसिंह रावलको अध्यक्षतामा १३ सदस्यीय डोटी काठमाण्डौ जनणतान्त्रिक सम्पर्क मंचको गठन गरेको छ । जसको उपाध्यक्षमा योगेन्द्र कुँवर, सचिवमा राजन कठायत, कोषाध्यक्षमा रोशन मल्ल र सदस्यहरुमा कमरेड भक्त रावल, दिवबहादुर बोहरा, सुरेश रावल, टेवबहादुर रावललगायत रहेका छन ।


त्यस्तै धनराज विकको अध्यक्षतामा १७ सदस्यीय अछाम काडमाण्डौ जनणतान्त्रिक सम्पर्क मंचको गठन गरेको छ । जसको उपाध्यक्षमा बजिर नेपाली, सचिव दिनेश नेपाली, सहसचिव राजेश रावल, कोषाध्यक्ष गम्भिर विक, तथा सदस्यहरुमा टंक विष्ट, महेश नेपाली, अमर धामी, मधुरा विक, कृष्ण विष्ट, सन्तोष बोगटी, नविन नेपाली, जिवन विष्ट, नरेश बटाला, भीम बटाला, विर्ष रावल, रमेश उपाध्याय रहेका छन । त्यस्तै दिपक कटुवालको अध्यक्षतामा १३ सदस्यीय बाजुरा काठमाण्डौ जनणतान्त्रिक सम्पर्क मंचको गठन गरेको छ । जसको उपाध्यक्षमा निर्जन विक, सचिव सृजना शाह, कोषाध्यक्ष सिद्धराज जोसी र सदस्यहरुमा कमरेड देवराज जोशी, अन्जना विक, विवेक विक, पृथ्वी विक लगायत रहनु भएको छ । त्यस्तै निमेश नेपालीको अध्यक्षतामा १३ सदस्यीय बझाङ काठमाण्डौ जनणतान्त्रिक सम्पर्क मœचको गठन गरेको छ । जसको उपाध्यक्षमा कमरेड पदम साउद, सचिवमा धवेन्द्र चौहान, कोषाध्यक्षमा कमरेड संझना धामी र सदस्यहरुमा कमरेड रघु बोहरा, अनु विष्ट, मोहन खत्री, माधवसिह लगायत रहेका छन ।


शहिदहरुप्रति १ मिनेट मौनधारण गरी शुरुगरिएको संयुक्त भेलाको अध्यक्षता दिपक कटुवाल बाजुरा र स्वागत कमरेड उदयसिंह रावल डोटीले गरेका थिए भने कार्यक्रमको संचालन निमेश नेपाली बझाङले गरेका थिए । भेलामा त्यसक्षेत्रका विभिन्न क्षेत्रमा छरिएर रहेकाहरुको उपस्थिति रहेको थियो । संयुक्त भेला त्रिचन्द्र कलेज घण्टाघरको सभाकक्षमा सम्पन्न गरिएको थियो भने भेलाले एमसिसिका विरुद्ध घोषणा भएको कार्यक्रमलाई सफल पार्ने र आगामी माघ ८ र ९ गते सम्पन्न हुने जनणतान्त्रिक सम्पर्क मंचको ऐतिहाँसिक तेश्रो राष्ट्रिय सम्मेलनलाई भब्यरुपमा सम्पन्न गर्न लाग्ने समेत निर्णय गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]