नेता कन्चन र मानवअधिकार आयोगका पूर्व आयुक्त पाठकबीच भेटवार्ता

२०७८ पुष २ गते, शुक्रबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा अन्तर्राष्ट्रिय विभागका इन्चार्ज धर्मेन्द्र बास्तोला ‘कन्चन’ र राष्ट्रिय मानवअधिकार आयोगका पूर्व आयुक्त सुदिप पाठकबीच आज भेटवार्ता भएको छ । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय कार्यालयमा भएको सो भेटवार्तामा नेकपा र सरकारबीच भएको तीन बुंदे सहमति र त्यसको कार्यान्वनलगायत देशको बर्तमान राजनीतिक स्थितिको बारेमा छलफल भएको बताइएको छ । उक्त भेटवार्तामा आर्थिक , सामाजिकलागायत मानवअधिकारको बिषयमा समेत छलफल भएको नेकपा अन्तर्राष्ट्रिय विभागले जानकारी दिएको छ।

प्रतिक्रियाहरु

[anycomment]