जनगणतान्त्रिक सम्पर्क मंच दाङ्ग , सल्यान र रोल्पाको संयुक्त जिल्ला भेला सम्पन्न

काठमाडौं । जनगणतान्त्रिक सम्पर्क मंच दाङ्ग , सल्यान र रोल्पा जिल्लाको संयुक्त जिल्ला भेला भब्यरुपमा सम्पन्न भएको छ । उक्त संयुक्त जिल्ला भेलाको उद्धघाटन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा जनगणतान्त्रिक सम्पर्क मंचका फ्याक्सन ईन्चार्ज मिलनले देशको विभिन्न समसामयीक विषयमा प्रशिक्षण दिएका थिए । उनले राज्यले नेकपासँग गरेको तीन वुदे सहमतीलाई आलटाल गर्न खोजेको प्रशङ्ग राख्दै यदि त्यसो भयो भने त्यसले भयानक दुर्घटना निम्त्याउने र त्यसको जिम्मेवार स्व्यम् दलाल पुँजिवादी राज्यसत्ता हुने बताए । नेता मिलनले नेकपा ३ वुदे प्रति ईमान्दार छ , तर हालसम्म राज्यले बेईमानी गरेको छ त्यो कुरा कुनैपनि मानेमा राम्रो नभएको कुरा राख्दै अमेरिकी साम्राज्यवाद एमसिसिको नाममा नेपाललाई गुलाम बनाउन चाहन्छ त्यसैले कुनैपनि हालतमा एमसिसि परियोजना लागु गर्न नहुने बताए । आजसम्म जनताले पार्टी र नेतालाई मतदान गरे तर जनताको मतलाई नै आधार बनाएर ति पार्टी र नेताले जनतामाथि घात गरे, राष्ट्रमाथि बेइमानी गरे त्यसैले अवको चुनाब ब्यवस्थाको हुनु पर्ने बताए । त्यसैगरी , नेता मिलनले आगामी जनगणतान्त्रिक सम्पर्क मंचको ऐतिहाँसिक तेश्रो राष्ट्रिय सम्मेलनलाई ऐतिहासिक र भव्य बनाउन सबैलाई आग्रह गरे ।

उक्त संयुक्त जिल्लाभेलामा नेपाल कम्युनिस्ट पार्टीका दाड्ड जिल्ला सेक्रेटरी प्रदिप ओली, जनगाणतान्त्रिक सम्पर्क मंचका अध्यक्ष रत्न मगर, महासचिव ईन्द्र श्रोष्ठलगायतले संयुक्त जिल्ला भेला सफलताको शुभकामना दिएका थिए । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य मोहन घले, अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य अनिल केसी अतिथीको रुपमा उपस्थिती रहेको थियो । संयुक्त जिल्ला भेलाले राजेश रसाईलीको अध्यक्षतामा २५ सदस्यीय दाङ्ग काठमाण्डौ दाड्ड काठमाण्डौ जनगणतान्त्रिक सम्पर्क मंचको गठन गरेको छ । जसको उपाध्यक्षमा रामु चौधरी, सचिव विजय भण्डारी, सहसचिव नविन भण्डारी, कोषाध्यक्ष प्रभा वली र सदस्यहरुमा नकुल शाही, रेशम चौधरी, विनयलाल चौधरी, वसन्त चौधरी, गौरीलाल चौधरी, सानु केसी, लालमति चौधरी, पदम खड्का, समितर वली, प्रशान्त पोखरेल, प्रकाश रावत, जुद्ध नेपाली, रेशमकुमारी बस्नेत, खिमा वली लगायत रहेका छन ।

त्यस्तै संयुक्त जिल्ला भेलाले कमरेड यामबहादुर थापाको अध्यक्षतामा २३ सदस्यीय रोल्पा काठमाण्डौ जनगाणतान्त्रिक सम्पर्क मंचको गठन गरेको छ । जसको उपाध्यक्षमा गोविन्द केसी, सचिव पर्शुनारायण बुढामगर, कोषाध्यक्ष भिरोसा घर्तिमगर, र सदस्यहरुमा राम पुनमगर, विपना रोकामगर, भक्तिराम बाठामगर, देव रानामगरलगायत रहेका छन भने सृजना गिरीको अध्यक्षतामा १९ सदस्यीय सल्यान काठमाण्डौ जनगाणतान्त्रिक सम्पर्क मंचको गठन गरेको छ । जसको उपाध्यक्षमा रमेश थापा, सचिवमा कमला वली, सहसचिवमा विश्व धामी, कोषाध्यक्षमा राजु नेपाली र सदस्यहरुमा कमरेड प्रतिमा गिरी, जिवन ओली, आयुश ओलीलगायत रहेका छन । जिल्ला भेलाको नयाँ समिति पुर्नगठन गर्नुका साथै आगामी तेश्रो राष्ट्रिय सम्मेलनलाई भव्य बनाउन लाग्ने निर्णय गर्यो । संगठनलाई अझ प्रभावकारी बनाउन लाग्नेकुराको समेत निर्णय गरेको छ । वीर शहिदहरुप्रति एक मिनेट श्रद्धाजली गरी अघि बढेको संयुक्त जिल्लाभेलाको अध्यक्षता सृजना गिरी र स्वागत रणबहादुर पुनले गरेका थिए भने कार्यक्रमको संचालन कमरेड राजेश रसाईलीले गरेका थिए ।