‘अन्तिम पटक लड्ने बेला आयो’

२०७८ पुष ४ गते, आईतवार


काठमाडौं । इलामका सहिद परिवार, पुर्व जनमुक्ती सेना र केही युवाहरु नेपाल कम्युनिस्ट पार्टीमा ध्रुबिकृत भएका छन । इलामको माइ नगरपालिकामा आयोजित एक जनभेटघाट कार्यक्रमबाट उनिहरुले नेपाल कम्युनिस्ट पार्टि द्वारा संचालित एकीकृत जनक्रान्तिमा सहभागि हुने घोसणा गरेका हुन । ध्रुबिकृत हुनेहरुमा – बिमल आचार्य , शिव बुडाथोकी, नारायण आचार्य, देबि भट्टराई , इन्द्र आंङ्बो, हिक्मत दर्जी, संजिब तिवारी, सांगे तामाङ्ग, दिना खाती, दिनेश बलकोटी, सुजन लिम्बू, अनिश मगर, होम बलकोटी, रण खाती, प्रदिप मगर , रन्जना , सुमन खाती लगायत १७ जना थिए । सबैलाइ पार्टिका केन्द्रिय सदस्य तथा इलाम जिल्ला इन्चार्ज सुमनसिंहले अवीर र दोसल्ला ओडाएर अभिनन्दन गर्दै स्वागत गरेका थिए ।


उक्त कार्यक्रममा सुमनसिंहले मन्तव्य राख्दै क्रान्तिलाइ अलपत्र छाडेर जनताको आकांक्षा बिरुद्ध गतिबिधी गरिरहेका संसदवादि हरुको सम्पुर्ण भ्रमको पर्दा च्यातिएको भन्दै अब सबै जनता नेपाल कम्युनिस्ट पार्टिमा ध्रुबिकृत हुँदै जाने बताए । उनले इलामका परिवर्तन प्रेमी जनता बैज्ञानिक समाजवाद स्थापनाको निम्ति जुट्न थालेको र जनमतसंग्रहको बहस तिब्र बन्दै गएको बताए ।
कार्यक्रममा ध्रुबिकरण प्रकृयामा समाहित हुने सहिद परिवार सद्स्य तथा जनयुद्धका घाइते योद्धा बिमल आचार्यले आंफुहरुलाइ क्रान्ती गर्छौं भन्नेहरुबाट धोका भएको हुनाले अब शहिदहरुको सपना साकार पार्न एकीकृत जनक्रान्तिमा ध्रुबिकृत हुनै पर्ने बताए । उनले भावुक हुँदै भने हाम्रो जिवन तहसनहस भयो , यो अन्तिम युद्ध हो भन्दै गित गांउदै आयौं, अब अन्तिम पटक लड्ने बेला आएको छ । उनले एमसिसी जस्तो रास्ट्रघाती सम्झौता गर्न लागि पर्ने संसदवादी हरुलाई जनताले नछाड्ने पनि बताए । कार्यक्रममा पार्टिका इलाम जिल्ला सचिब मौसमको पनि उपस्थिती रहेको थियो , मौसमले ध्रुबिकरणको प्रकृयामा आउनेहरुलाइ स्वागत मन्तव्य मार्फत स्वागत गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]