‘एमसीसीविरुद्ध पुष ६ गतेको आन्दोलनमा सहभागि बनौ ‘

२०७८ पुष ५ गते, सोमबार


काठमाडौं । एमसीसी खारेज अभियानले यहि पुष ६ गते ६ राजनीतिक दल र २ मोर्चाले आयोजना गर्न लागेको MCC बिरुद्धको आन्दोलानलाई समर्थन, सहयोग र सहभागिताको लागि सम्पूर्ण देसप्रेमी र राष्ट्रवादी शक्ति र समुदायहरुलाई विशेष आग्रह गरेको छ । अभियानका संयोजक नारायण शर्माले एक बिज्ञप्ति जारी गर्दै सो आग्रह गरेका हुन् ।
यस बिषयमा MCC खारेज अभियान नेपालका संयोजक नारायण शर्माले जारी गरेको बिज्ञप्ति यस परका रहेको छ – “नेपाली वामराजनीतिक र वैचारिक आन्दोलनका अग्रणी अभिभावक आदरणीय व्यक्तित्व स्वनाम साथीको समुपस्थितिमा डेढ दर्जनजती अभियन्ताहरुद्वारा नै सम्भवत: नेपालमा सबैभन्दा पहिला संस्थागत रुपमा MCC सम्पूर्ण रुपले खारेज गर्नुपर्ने निष्कर्षका साथ “MCC खारेज अभियान, नेपाल-२०७६” गठन गरेर एकल वा संयुक्त रुपमा विभिन्न विरोधका कार्यक्रमहरु संचालन गर्दै आइएको सर्वविदितै छ !
यस दौरानमा विभिन्न स्वरुप र संख्याका राजनीतिक शक्ति, संघसंस्था र व्यक्तित्वहरुसँग कार्यगत एकता गरेर विभिन्न समयमा विभिन्न कार्यक्रमहरु गर्ने गरिएको पनि स्पष्ट नै छ । यसक्रममा यसलाई अझ सशक्त, गतिवान, प्रभावकारी र परिणाममुखी बनाउन MCC खारेज अभियानकै आयोजनामा MCC विरोधी सम्पूर्ण राजनीतिक दल, मोर्चा, संघसंस्था, संगठन र अभियानहरुसमेत ६ दर्जनजतिको प्रत्यक्ष संस्थागत र व्यक्तिगत सहभागीता र दूरदराजमा रहेका तीन दर्जनजति संघसंस्थाहरुको अप्रत्यक्ष सहभागिता रहेको बृहत् भेला गरियो । सो बृहत् भेलाबाट “MCC खारेजीका लागि संयुक्त संघर्ष समिती” निर्माण पनि गरियो !
यसैबीच कतिपय पार्टी र तिनका नेताहरुलाई यसप्रकारको संयुक्त मोर्चा वा संघर्ष समिती बनाएर जाने शिक्षा-चेत प्राप्त भयो र पुन: उहाँहरुको पहलमा हाम्रो हामी धेरै संघसंस्था र शक्तिहरुको सहभागितामा “MCC सम्झौता खारेजी आन्दोलन” नामक अर्को मोर्चा गठन भयो र फातिमा सुमारको विरुद्ध प्रदर्शन लगायतका केही कार्यक्रमहरु गर्दै जानेक्रममा २६ दल-संगठन-संस्थाहरुको आयोजनामा गत मंसिर २४ गते माइतीघर मण्डलादेखि वानेश्वर संसदभवनसम्म शानदार विरोध प्रदर्शन र कोणसभा सम्पन्न भएको ताजै छ । तर उक्त २६ दलीय मोर्चामा केही राजापरस्त शक्तिहरु भएको भन्दै उनीहरुसँग एकताबद्ध भएर संघर्ष गर्न नसकिने भनी केही गिनेचुनेका दुई-तीन घटकले असहमति जनाएपछी ६ राजनीतिक दल र ती दल मध्येकै दुई दलका संघर्षका २ मोर्चा गरी जम्मा ८ दल-मोर्चाको साउती र बैठकबाट गत २७ र २८ गतेका कार्यक्रमहरु आयोजना गरिए ! हामीले ती दुवै दिनका कार्यक्रमहरुमा निशर्त समर्थन, सहयोग र सहभागीता जनायौं ! साथै ८ वटा शक्तिले मात्र आयोजना गर्ने र अरु शक्तिहरुबाट सहयोग र सहभागीताको लागि अपेक्षा मात्र गर्ने भन्दा मोर्चालाई ८ दलीयमा सिमित राख्नुभन्दा निश्चित मापदण्डको आधारमा विस्तार, सुदृढ र सशक्त पारौं र आन्दोलनलाई संयुक्त जनआन्दोलनको स्वरुप दिंदै यसलाई निर्णायक बनाऔं भनी अनुनय-विनय गर्ने, सर-सल्लाह र सुझाव-दवाव समेत दिने काम गरियो ! तर पनि हाम्रो आवाज सुनिएको छैन तथापि MCC को मुद्धा राष्ट्रियतासँग जोडिएको मुद्दा हुनाले यसमा संकीर्णता र अहंकार हुनुहुँदैन भन्दै हामीले सबै विचार र आस्थाका राजनीतिक शक्ति-व्यक्ति, मंच-मोर्चा, संघ-संस्था र अभियान-प्रतिष्ठानहरुलाई सहभागी गराउन र हुनको लागि सम्बन्धित पक्षहरुसँग फेरि पनि सार्वजनिक र औपचारिक रुपमै संस्थागत अनुरोध पनि गर्दछौं ! र, हाललाई फेरि अर्को एकपटक ६+२ शक्तिद्वारा राखिएको “पौष ६ गते काठमाडौं लगायत देसव्यापी रुपमा विरोध प्रदर्शन र विरोध सभा गर्ने”
कार्यक्रममा हाम्रो समर्थन, सहयोग र सहभागिता रहने कुराको पनि सम्बन्धित सबै पक्ष र अभियन्ताहरुलाई जानकारी गराउन चाहन्छौं ।
तत्पश्चात् पनि यो मोर्चामा हामीलगायत देसका MCC विरुद्धमा एकताबद्ध भएर संघर्ष गर्न चाहने सम्पूर्ण राजनीतिक शक्ति, मंच र मोर्चा; सामाजिक, आर्थिक र साहित्यिक-साँस्कृतिक संघ, संस्था र संगठन; MCC विरोधी अभियान-प्रतिष्ठान र समिति-आन्दोलन आदि सबैको एउटै बृहत्, व्यापक, सशक्त र निर्णायक संयुक्त मोर्चा बनाएर राष्ट्रघाती MCC सम्झौतालाई खारेज गराउनुपर्ने आवस्यकता रहेको स्मरण गर्न-गराउन समेत हार्दिक अपिल गर्दछौं ! “

प्रतिक्रियाहरु

[anycomment]