संघीय संसदको बैठक बस्दै : एमसीसीमाथि छलफल हुने सम्भावना

२०७८ पुष ६ गते, मंगलवार


काठमाडौँ । आज दिउसो दिउँसो १ बजे संघीय संसदअन्तरगत प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठकमा एमसीसीबारे छलफल हुनसक्ने बताइएको छ । संसद बैठक बस्नुअघि बिहान साढे ११ बजे प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने र उक्त बैठकमा एमसीसीबारे छलफल हुनेछ भने संसदका कार्यसूची समेत तय गरिने जनाइएको छ । अघिल्लो मंगलबार अमेरिकामा एमसिसी सञ्चालक समितिको बैठक बसेर नेपालका लागि प्रस्तावित गरिएको उक्त सहयोग परियोजना चाडो पारित गर्न आग्रह गरेको थियो । डिसेम्बरभित्रै नेपालले अनुमोदन नगरेमा उक्त सहयोग फिर्ता हुने अमेरिकाको चेतावनी रहेको छ । तर नेपालमा भने लामो समयदेखि एमसिसीले विवाद सृजना गरेको छ । सत्ता गठबन्धनकै दलहरु एकमत देखिँदैनन् भने नागरिक स्तरमा समेत एमसिसी पारित गर्न नहुने भन्दै विरोध हुँदै आएको छ । राजनीतिक दलहरुबीच सहमति जुटेमा भने यो पारित हुनेछ ।

प्रतिक्रियाहरु

[anycomment]