‘दलाल सत्ताको विकल्पमा वैज्ञानिक समाजवाद ‘

२०७८ पुष ९ गते, शुक्रबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् दाङका इन्चार्ज शितलले नेपाली जनताले दलाल सत्ताको विकल्पमा जनमतसंग्रह मार्फत वैज्ञानिक समाजवाद स्थापनाको लागि संघर्ष गरिरहेको बताए । नेपाल कम्युनिस्ट पार्टी दाङको पाचौं पूर्ण बैठकलाई सम्बोधनगर्दै नेता शितलले सो कुरा बताएका हुन् ।उनले संसदीय व्यवस्था चरम संकटमा रहेको भन्दै सम्पूर्ण बामपंथी, प्रगतिशील र क्रान्तिकारी शक्तिहरु एकजुट भइ सत्ताका विरुद्ध संघर्ष गर्नुपर्ने धारणा राखे । नेता शितलले अहिले माओवादी केन्द्रले आफ्नो पार्टीका विरुद्ध अनेकन भ्रामक हल्लाहरु फिजेकाले कोही पनि भ्रमित नहुन आग्रह गरे । माओवादी केन्द्र एजेन्डाविहिन, दिशाविहिन, दृष्टिकोणविहिन पार्टी भएको नेता शितलको भनाइ थियो । पछिल्लो समय केही अनलाइन मिडियाहरुले पार्टी विरुद्ध भ्रमपूर्ण, तथ्यहिन समाचार प्रकाशित गरिरहेकोप्रति कोही पनि भ्रमित नहुन समेत नेता शितलको आग्रह थियो ।
बैठकले राष्ट्रघाती एमसीसी सम्झौताका विरुद्ध जिल्लामा संघर्ष गर्ने निर्णय गरेको छ । यस्तै बैठकले पार्टी निकट जवस/मोर्चाका जिल्ला भेला तथा सम्मेलनहरु गर्ने, जवस/मोर्चाका संगठन सुदृढीकरण तथा जागरण अभियानहरुलाई जिल्लामा भव्य, सभ्य र सानदार ढंगले संचालन गर्ने लगायतका निर्णय गरेको नेकपाले जनाएको छ ।
नेकपाका केन्द्रीय समिति सदस्य एवम् दाङका इन्चार्ज शितलको प्रमुख आतिथ्यमा बसेको बैठकमा नेकपा विशेष कमिटी सदस्यद्वय सम्झना र विक्रम, नेकपा बर्दिया सेक्रेटरी गणेश, अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष लछिराम ढकाल, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का केन्द्रीय सदस्य केशवको आतिथ्य रहेको थियो ।
यसैबीच नेकपा दाङको पाचौं पूर्ण बैठकमा लामो समयसम्म जिल्लाका विभिन्न जिम्मेवारीमा रही पार्टीको कामकाज गरिरहेका र हाल पार्टीको आवश्यक्ता र जवस मोर्चाको सम्मेलनमार्फत जिम्मेवारी बढुवा भएर अन्य भुगोलमा सरुवा भएका नेताहरुलाई बिदाइ गरिएको छ । बिदाइ हुनेमा युवा संगठन नेपालका केन्द्रीय सचिव तिलक, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सचिव डिल्ली, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा त्रिभुवन विश्वबिद्धालयका इन्चार्ज अनिल, मगर मुक्ती मोर्चाका केन्द्रीय कोषाध्यक्ष भिमप्रकाश रहेका छन् ।
पाचौं पूर्ण बैठकको संचालन तथा अध्यक्षता नेकपा दाङका सेक्रेटरी प्रदिपले गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]