आज १२९ औँ माओ दिवस ः देशव्यापीरुपमा विविध कार्यक्रमका साथ मनाईदै

२०७८ पुष ११ गते, आईतवार


काठमाडौँ । आज २६ डिसेम्बर अर्थात १२९ औँ माओ दिवस । नेपाल कम्युनिस्ट पार्टीले आज देशव्यापीरुपमा विविध सिर्जनात्मक तथा वैचारिक कार्यक्रम आयोजना गरी विश्वसर्वहारा वर्गका महान् नेता माओ त्सेतुङको १२९ औँ जन्म दिवस मनाउने बताएको छ । सो पार्टीको केन्द्रीय कर्यालयका अनुसार नेकपाले केन्द्रीय कार्यालयदेखि जिल्ला पार्टी हुँदै विभिन्न जनवर्गीय सङ्गठनले देशव्यापी रूपमा वैचारिक कार्यक्रम गोष्ठी, छलफल, अन्तरक्रिया, अतिरिक्त क्रियाकलाप गरी माओ दिवस मनाउने छन् । गतवर्ष नेकपाले प्रतिबन्धित अवस्थामै अभियानका रूपमा १२८ औँ माओ दिवस मनाएको थियो । माओलाई अध्ययन गर्ने र उनका आदर्शलाई जीवन व्यवहार बनाउने विषयमा नेकपाका महासचिव विप्लवले भनेका छन्, ‘चीनमा माओभन्दा अगाडिका थुप्रै कम्युनिस्ट नेताहरू कम्युनिस्ट बन्न सकेनन्, उहाँ बन्नुभयो । सामन्तवाद—दलाल पुँजीवाद र साम्राज्यवादका विरुद्ध अन्य थुप्रै नेता र कम्युनिस्टहरू लडे तर ती सफल हुन सकेनन् तर माओ सफल हुनुभयो । कम्युनिस्ट पार्टीको नेतृत्वमा रहँदा बन्दुक उठाउने नेता अरू थिए तर अरू सफल भएनन्, माओ नै सफल हुनुभयो । किन ? यो नै आजका क्रान्तिकारीहरूले बुझ्नुपर्ने र ग्रहण गर्नुपर्ने विषय छ ।’
माओ त्सेतुङको जन्म २६ डिसेम्बर १८९३ मा चीनको साओसान हुनानको एक किसान परिवारमा भएको थियो । जीवनको पूर्वाद्र्धमा माओ देशभक्त र साम्राज्यवादविरोधी हुनुहुन्थ्यो । १९११ को सिन्हाई क्रान्ति र १९१९ को चौथो मई आन्दोलनले उहाँको जीवनमा निकै नै प्रभाव पा¥यो । पेकिङ विश्वविद्यालयमा काम गर्दै गर्दा उहाँ माक्र्सवाद—लेनिनवादलाई अङ्गीकार गर्दै १९२२ मा चिनियाँ कम्युनिस्ट पार्टीको संस्थापक सदस्य बन्नुभएको थियो । चिनियाँ कम्युनिस्ट पार्टीका संस्थापक माओले चिनियाँ क्रान्तिको कार्यदिशालाई लिएर १२ वर्षसम्म पार्टीभित्र भीषण अन्तरसङ्घर्ष चलाउनुभयो । त्यसक्रममा उहाँलाई ‘सैन्य अवसरवादी’ को आरोप लगाएर पार्टीभित्र कारबाही पनि गरियो । अरू नेताहरू आपूmलाई सही क्रान्तिकारी भएको भन्दै साङ्घाईमा लुकेको बेलामा दुर्गम पहाडी गाउँ चिङकाङसानमा गरिब किसानहरूका बीचमा रहेर माओले विचारको प्रचार गर्नुभयो । किसान सङ्गठनहरू निर्माण गर्नुभयो । १९२८ मा नै उहाँले ‘जब दुस्मन बलियो हुन्छ हामी फर्किन्छौँ, जब दुस्मन आराम गर्छ हामी उसलाई सताउँछौँ । जब दुस्मनले युद्धमैदान छाड्छ हामी उसमाथि आक्रमण गर्दछौँ, जब दुस्मन भाग्छ अनि हामी बलियो हुन्छौँ’ भन्नुभएको थियो । यो च्याङ काइसेकले नेतृत्व गरेको कोमिन्ताङ सत्ताका विरुद्धको माओको उद्घोष थियो । उहाँको यो भनाइमा चिनियाँ जनवादी क्रान्तिको नयाँ कार्यदिशा बोलेको थियो– दीर्घकालीन जनयुद्ध । त्यसैले माओको पहिलो योगदान भनेको तत्कालीन चीनजस्तो अर्धसामन्ती र अर्धऔपिनवेशिक देशमा गाउँले सहरलाई घेर्ने दीर्घकालीन जनयुद्धको माध्यमबाट नयाँ जनवादी क्रान्ति गर्ने सिद्धान्तको प्रतिपादन हो ।
महान् माओले संशोधनवादविरुद्ध गरेको विद्रोह र सफल क्रान्तिकारी नेतृत्वको संश्लेषण गर्दै नेकपाका महासचिव विप्लवले भनेका छन्– ‘माओले माक्र्सवादको आत्मा ‘झूट एवम् गलतका विरुद्ध विद्रोह’ गर्ने विचारलाई पकड्दै खु्रस्चोभी संशोधनवादका विरुद्ध विद्रोह गर्नुभयो । एक हदसम्म विश्व कम्युनिस्ट आन्दोलनमा सर्वेसर्वा हुन थालिसकेको संशोधनवादका विरुद्ध माक्र्सवादी झन्डा फहराउनुभयो र विश्वभरिका क्रान्तिकारी कम्युनिस्टहरूलाई गोलबन्द गर्न सफल हुनुभयो । खु्रस्चोभले माओलाई प्रलोभन र दबाब दुवै दिन खोज्यो । जबाफमा माओले खु्रस्चोभ नै विश्व कम्युनिस्ट आन्दोलनको फुटपरस्त र धोकेबाज रहेको स्पष्ट पार्दै ‘खु्रस्चोभ एक दिन सत्ताबाट गलहत्याइनेछ’ भन्ने विचार राख्नुभयो । रुस र चीनको सङ्घर्ष महान् बहसमा पुग्यो । अन्ततः माओ नै सही साबित हुनुभयो ।’
नेपालमा क्रान्तिलाई सिध्याउन संशोधनवादी–प्रतिक्रान्तिकारी कुममाकुम जोडेर अघि बढिरहेका छन् । महान् जनयुद्धका उपलब्धिहरूलाई सिध्याउँदै उनीहरु ‘क्रान्ति असम्भव छ’ भनेर क्रान्तिकारी शक्तिहरुमाथि प्रतिगामी हुङ्कार छेडिरहेको सन्दर्भमा माओको आदर्श र योगदानको झन् ठूलो महत्व छ ।

प्रतिक्रियाहरु

[anycomment]