नेकपा दार्चुलाद्वारा सीमापुलमा ताला !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी दार्चुलाले सदरमुकाम खलंगा र भारतको धार्चुला जोड्ने सीमापुलमा ताला लगाएको छ । भारतको ज्यादतीविरुद्ध आज बिहान ७ पुलको गेटमा ताला लगाएको नेकपा दार्चुलाका सचिव भरत मल्लले बताएका छन । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले विभिन्न बहानामा नेपाली नागरिकलाई दुःख दिने गरेकाले सीमापुलमा ताला लगाइएकाे उनले बताए ।
एसएसबीले हाल भारतीय क्षेत्रमा प्रवेश गर्ने नेपालीको नागरिकता तथा खोपकार्ड माग्ने गरेका छन् । नाम, नागरिकता नम्बर, बुबाको नाम लगायतका व्यक्तिगत विवरण राखेर एसएसबीले धार्चुला प्रवेश दिने गरेको छ । लाइन लगाएर नेपाली नागरिककाे खानतलास गर्दै एसएसबीले दुःख दिने कार्य गर्दै आएको बताइएको छ ।
