वडासचिवलगायत ११ जना माओवादी केन्द्र परित्याग गरि नेकपामा प्रवेश

२०७८ पुष १४ गते, बुधबार


काठमाडौं । सुर्खेत लेकवेशी नगरपालिकाका वडासचिवलगायत ११ जना नेकपा माओवादी केन्द्र परित्याग गरि नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन ।नवप्रवेसी वडासचिव खगेन्द्र ओली,सदस्य राम वहादुर वराल,टेक वहादुर सार्की, मान वहादुर ओली,हिरासिंह सार्की,ताराकेसर ओली, अम्मर खत्री, विपन कामी,मञ्जु सार्की, कौसिल्ला ओली र गोकुल सार्कीलगायतलाई नेकपाका प्रवक्ता प्रकाण्डले फुलमाला अविर लगाएर स्वागत गरेका छन ।
यसैबीच, नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति सुर्खेतको संयुक्त राजनैतिक वैचारिक प्रशिक्षण कार्यक्रम वीरेन्द्रनगरमा सुरु भएको छ।
नेकपा सुर्खेतका सेक्रेटरी धुव्रको अध्यक्षमा सुरु भएको प्रशिक्षणमा पूर्वी सुर्खेतका सेक्रेटरी मिनाले संचालन गरिरहकि छन भने कार्यक्रममा सहभागीहरुलाई यमराजले स्वागत गरेका छन ।
सुर्खेतको पूर्वी जिल्ला र पश्चिम जिल्ला गरि दुई जिल्लामा विभाजन गरेको नेकपाले आज दुवै जिल्लाका अगुवा कार्यकर्ताहरु विच आन्तरिक संयुक्त प्रशिक्षण सुरु गरेको हो । प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेकपाका प्रवक्ता प्रकाण्ड सहभागी भएका छन भने नेकपाका केन्द्रीय सदस्य एटमको समेत उपस्थिति रहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]