एमसीसी सम्झौता संसद्को कार्यसूची बन्न नदिन पुस १८ गते विराेध प्रदर्शन

२०७८ पुष १६ गते, शुक्रबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी सहित २२ राजनीतिक दलले ‘राष्ट्रघाती एमसीसी सम्झौता संसद्को कार्यसूची बन्न नदिन यही पुस १८ गते हुने विरोध प्रदर्शनमा सहभागी बनौं !’ भन्ने आव्हानका साथ विराेध प्रदर्शनकाे घाेषणा गरेका छन् ।
नेपालका देशभक्त शक्तिहरु र नेपाली जनताको निरन्तर विरोध एवम् सङ्घर्षका कारण एम.सी.सी. परियोजनाका अधिकारी र नेपाल सरकारका बीचमा गरिएको एम.सी.सी. सम्झौता संसद्बाट अनुमोदन गर्ने योजनाले आजसम्म मुर्तरुप लिन नसकेकाे उल्लेख गर्दै २२ वटा राजनीतिक संगठनकाे तर्फबाट नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक माेर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले जारी गर्नु भएकाे प्रेस वक्तव्यमा अमेरिकी सरकारबाट नेपाल सरकार र संसद्मा भएका पार्टीहरुमाथि दबाव दिने काम निरन्तर जारी रहेकाे बताएका छन ।
वक्तव्यमा यो क्रम पुस १८ गतेको संसद् बैठकका दौरानमा पनि जारी रहने भएकाले ‘राष्ट्रघाती एम.सी.सी. सम्झौता संसद्को कार्यसूची बन्न नदिन’ उक्त दिन २२ राजनीतिक दल÷सङ्गठनहरुद्वारा विरोध प्रदर्शनको आयोजना गरिएको जनाइएकाे छ । वक्तव्यमा साे कार्यक्रममा सक्रियरुपमा सहभागी भई कार्यक्रमलाई शानदाररुपमा सफल पार्नका लागि आम जनसमुदायलाई आह्वान समेत गरिएकाे छ । विराेध कार्यक्रम २०७८ पुस १८ गते आइतबार दिनको १२ बजे माइतीघर मण्डलामा गरिने उल्लेख गरिएकाे छ ।

प्रतिक्रियाहरु

[anycomment]