जनगणतान्त्रिक सम्पर्क मंचको राष्ट्रिय सम्मेलन स्थगित

२०७८ माघ ७ गते, शुक्रबार


काठमाडौं । जनगणतान्त्रिक सम्पर्क मंचको तेश्रो राष्ट्रिय सम्मेलन स्थगित भएको छ । मंचका केन्द्रीय समितिका अध्यक्ष रत्न मगरले प्रेस विज्ञप्ती जारी गर्दै सम्मेलन स्थगित भएको जानकारी गराएका हुन् । मगरद्वारा जारी बिज्ञप्तीमा विश्वभर र नेपालमा पनि कोभिड १९ (ओमिक्रोन) ले जनताको स्वास्थ्य अवस्थमा गम्भीर असर पारिरहेकोले सम्मेलन स्थगित गरिएको उल्लेख गरिएको छ।
यस बिषयमा जनगणतान्त्रिक सम्पर्क मंच केन्द्रीय समितिका अध्यक्ष रत्न मगरले जारी गरेको बिज्ञप्ती यस प्रकार रहेको छ – “हाम्रो जनप्रीय संगठन जनगणतान्त्रिक सम्पर्क मœचको ऐतिहाँसिक तेश्रो राष्ट्रिय सम्मेलन यहि २०७८ माघ ८ र ९ गते काठमाण्डौमा सम्पन्न गर्ने निर्णय सहित ऐतिहाँसिक तेश्रो राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पुरा भैसकेको सन्दर्भमा अहिले विश्वभर र नेपालमा पनि कोभिड १९ (ओमिक्रोन) ले जनताको स्वास्थ्य अवस्थमा गम्भीर असर पारिरहेको सन्दर्भले गर्दा हाललाई हाम्रो जनप्रीय संगठन जनगणतान्त्रिक सम्पर्क मœचको ऐतिहाँसिक तेश्रो राष्ट्रिय सम्मेलन स्थगीत गरिएको यसै विज्ञप्ती मार्फत जानकारी गराईन्छ । साथै कोभिड १९ (ओमिक्रोन) को अवस्था सरल भएपछि हाल स्थगीत गरिएको ऐतिहाँसिक तेश्रो राष्ट्रिय सम्मेलन सम्पन्न गरिने ब्यहोरा अनुरोध छ । “..

प्रतिक्रियाहरु

[anycomment]