३३ दलीय मोर्चाको दर्ता खारेज

काठमाडौं । निर्वाचन आयोगले मोहन वैद्य नेतृत्वको ३३ दलीय मोर्चा, नेपाल युवा किसान पार्टी र नेपाल शान्ति क्षेत्र परिषदको दल दर्ता खारेज गरेको छ । उनीहरूले समयमै निर्वाच आयोगलाई लेखा परीक्षण प्रतिवेदन नबुझाएका कारण खारेज गरेको बताइएको छ । समयमै लेखापरीक्षण प्रतिवेदन नबुझाउने दललाई २० हजार रुपैयाँ जरीवाना गर्ने र सो जरीवाना नतिर्ने दलको दर्ता खारेज गर्ने व्यवस्था आयोगमा छ । सोही व्यवस्था अनुसार दल खारेज गरिएको आयोगले स्पष्ट पारेको छ । पुस २० भित्रमा लेखा परीक्षण प्रतिवेदन र जरीवाना दुवै नबुझाएपछि आयोगले खारेज गरेको सूचना जारी गरेको हो ।