वडाध्यक्ष र सचिवलाई कालाेमाेसाे !

२०७८ माघ ११ गते, मंगलवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) बझाङले वित्थडचिर गाउँपालिका वडा ८ का वडाध्यक्ष र वडा सचिवलाई कालाेमाेसाे दलेकाे छ । उक्त संगठनले जिल्लाको वित्थडचिर गाउँपालिका वडा ८ का अध्यक्ष जयबहादुर मल्ल र वडा सचिव दत्तराम अवस्थीलाई लाखौँ रकम भ्रष्टाचार र अनियमितता गरेकोले कालाेमाेसाे दलेकाे बताएको छ ।साे संगठनका जिल्ला इन्चार्ज शंकर खाती र अध्यक्ष कमल थापाले संयुक्त विज्ञप्ति जारी गर्दै कारवाही गर्नका कारण उल्लेख गर्दै कालाेमाेसाे दलेकाे जिम्म लिएका छन् । वडाध्यक्ष र सचिवले मृत्यु भएका नागरिकको मृत्यु दर्ता नगरि चार बर्षसम्म वृद्धाभत्ताकाे लाखौँ पैसा किर्ते कागज मिलाएर खाएकाे उक्त संगठनकाे बिज्ञप्तिमा उल्लेख गरिएको छ । त्यस्तै १ करोड ५० लाखको खानेपानी योजनामा धारा निर्माण नगरेकाे र काम गर्ने मजदुरलाई ज्याला नदिई बजेट पास गरेको र वडा कार्यालयको सवारीसाधनमा नम्बर प्लेट परिवर्तन गरेर दुरुपयाेगलगायतका कार्य गरेकोले कारबाही गरेको बताइएको छ ।
नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) बझाङले वित्थडचिर गाउँपालिका वडा ८ का वडाध्यक्ष र वडा सचिवलाई कारवाही गर्नुका कारण यस प्रकार रहेको जनाएको छ –
“१) १ करोड ५० लाखको खानेपानी योजना धारा निर्माण पानी सञ्चालन नगर्दै काम गर्ने मजदुरलाई ज्वाला नदिई कमिशन खाएर बजेट पास गरेकोले
२) सडक बनाउँदा कमिसन दिने मान्छेलाई मात्र उपभोक्ता समितिको अध्यक्ष बनाएको रोड बनाउँदा अनआवश्यक दुई ठाँउबाट कटिङ गरी १० लाख हिनामिना गरेको र वडामा व्यवस्थापनको नाममा वर्षेनी ३ लाख ५० हजार हिनामिना गरेको ।
३) मृत्यु भएका नागरिकको मृत्यु दर्ता नगरि चार बर्षको लाखौँ पैसा कागज मिलाएर वडा सचिव र वडा अध्यक्षले हिनामिना गरेको
४) वडा कार्यालयको सवारीसाधनमा नम्बर प्लेट चेन्ज गरि ब्यपारीको जाडरक्सी ढुवानी गर्ने गरेकोले
५) सेवाग्राहीले सूचनाहक अन्तर्गत रहेर सूचना माग्दा सूचना नदिने, गुनासो गर्दा सेवाग्राहीलाई धम्कीदिने गरेकोले ।
६) हाम्रो पार्टीको न्यायपूर्ण आन्दोलनलाई जथाभावी भण्डाफोर गर्दै आफ्नो पदिय मर्यादा ख्याल नगरि पार्टीबिरुद्ध सुराकी गरेकोले
७) पर्यटकीय स्थलका नाममा आफ्ना पितरका मन्दिर मात्र बनाएका काम गर्ने मजदुर पनि आफ्ना घरका मात्र मजदुरी गराएकाले”

प्रतिक्रियाहरु

[anycomment]