नेकपा अर्घाखाँचीद्वारा चुनढुङ्गा उत्खनन् कार्यमा रोक

२०७८ माघ १४ गते, शुक्रबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीले चुनढुङ्गा उत्खनन् कार्य बन्द गराएको छ । सो पार्टीले भूगर्भ सिमेन्टद्धारा सञ्चालित उक्त चुनढुङ्गा उत्खनन् कार्यले सामाजिक, आर्थिक, पर्यावरण र पर्यटनमा प्रत्यक्ष प्रभाव पारेको , अर्घाखाँचीमा ठोस उपलब्धि प्राप्त हुन नसकेको, प्रकृतिको चरम दोहन गर्ने चुनढुङ्गा भइरहेको यसलाई बन्द गराउनु पर्ने आम जनगुनासो आएपछि बन्द गरेको बताइएको छ ।
नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीका सेक्रेटरी खेम घर्तीले जनताबाट आम गुनासो आएको श्री भृकुटी नि.मा.वि. आदर्श मा.वि. र शिवमदन मा. वि. मा उत्खनन् कार्यले गर्दा उत्पन्न भएको ध्वनिले पठनपाठनमा असर गरेको, उत्खनन् भइरहेको क्षेत्रको ठिक तल विद्यालय रहेकोमा ढुङ्गा खसी विद्यार्थीहरूलाई लाग्न सक्ने सम्भावना रहेको, धुलोधुवाले गर्दा विद्यार्थीहरू स्वास्थ्यमा समेत असर पार्ने, गोरुसिङ्गे–सन्धिखर्कमा चल्ने यात्रुबाहक गाडी, मोटरसाईकल लगायतबाट गुनासो आएको र यसको समाधानका लागि पटक–पटक स्थानिय सरकारलाई ध्यान आकर्षण गराउँदासमेत बेवास्ता गरेपछि बन्द गर्नुपरेको बताएका छन् ।
यस्तै अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा नेकपा सन्धिखर्क भुमिकास्थान र सन्धिखर्क नगर इन्चार्ज तथा युवा नेता नवीन खड्काले जनता र यातायात व्यवसायीको व्यापक गुनासो आएपछि हाम्रो पार्टीले बन्द गरेको बताउँदै बन्द भएको चुन खानी कसैले चलाए ठूलो मुल्य चुकाउनु पर्ने बताए ।
नेपाल कम्युनिस्ट पार्टीले चुनढुङ्गा उत्खनन् कार्य बन्द गराउनु पर्ने कारण यस प्रकार रहेको उल्लेख गरेको छ –
१. ईआईएको नियमपालना नगरेको ।
२.जलवायुमा प्रतक्ष्य असर पारेकोले ।
३. खानेपानीका मुहानहरु सुक्दै गएकाले ।
४. टिप्पर तथा बाटोको क्षमता भन्दा बढी चुनढुङ्गा बोकी दुर्घटनाको सम्भावना बढेकोले ।
५. गोरुसिंगे सडकखण्डमा चल्ने सम्पुर्ण सवारी साधनमा यात्रा गर्ने यात्रीहरुको पटक पटक गुनासो आएकोेले ।
६. अर्घाखाँचीको जनताहरुको प्रतक्ष्य वा अप्रतक्ष्यरुपमा खानी बन्द गर्नु पर्छ भन्ने गुनासो आएकोले ।
७. अर्घाखाँचीको पर्यटकिय क्षेत्रलाई प्रतक्ष्य असर गरेकोले ।
८. खानी सम्बन्धी नियमलाई उलङघन गरेको र सरोकार वाला निकाय मौन रहेकोले ।

यसैगरी सो पार्टीले चुनढुङ्गा उत्खनन् कार्य बन्द गराउनुको कारणमा जनताद्वारा सङ्कलित निम्न मागहरू रहेको र ति माग तत्काल पुरा गर्नु पर्ने जनाएको छ –
१) यस क्षेत्रको पर्यावरण बिनास र मरुभूमि मा परिणत भयकोले शर्त बमोजिम हरियाली र बनको उचित संरक्षण नहुदा सम्म उत्खनन कार्य तत्काल रोक्ने ।

२) सन्धिखर्क गोरिसिङ्गे सडक उत्खनन टिप्परको कारणले आमनागरिक ले शास्ती खेप्नुपरेको हुँदा यस सन्दर्भमा तत्काल बैकल्पिक सडकको प्रयोग गर्ने, र गोरिसिङ्गे सन्धिखर्क सडक खाल्टा र बिग्रेको स्थानमा तत्काल मर्मत गर्ने।

३) उत्खनन देखि छोटो दुरिमा रहेका घरपरिवार लाई तत्काल उचित राहत सहित स्थान्तरण गर्ने।

४) यो क्षेत्र पर्यटकीय आकर्षकको केन्द्र भएको हुदा उत्खननले कुरुप बनाएको क्षेत्रमा तत्काल संरक्षण गर्ने

५) उत्खनन् नजिकै रहेका बिधालयमा हुने ध्वानी प्रदुषण र स्थानीय समुदाय पर्ने ध्वानी प्रदुषण निराकरण हुने उपाय तत्काल अबलम्बन गर्ने।

६) खानेपानी समस्या समाधान को लागि बैकल्पिक ब्यबस्था र उपाय कम्पनिको लगानिमा तर्जुमा गर्ने।

७) तत्काल बाताबरण बिज्ञको अनुगमन र निगरानिमा स्थानीय को सहभागीता सहित बाताबरण अडिट गराउने ।

८) उत्खनन गरि लगेको चुनढुङ्गाको विवरण सार्बजनिक गरि कति राजस्व देश र समाजलाई बुजाएको छ यसबारे तत्काल छानबिन गरिनु पर्ने ।

९) स्थानीय बिकास लाई प्राथमिकता राखी यस क्षेत्रमा गार्डन खेल मैदान र अन्य अधारभुत बिकास सुनिश्चित गर्ने।
१०) स्थानीय स्तरका गुनासो लाई तत्काल यथोचित तबरले सम्बोधन गर्ने।

प्रतिक्रियाहरु

[anycomment]