न्याय सेवा आयोगको बैठक बस्दै

काठमाडौँ । प्रधानन्यायाधीश चाेलेन्द्र शमसेर राणाले आज दिउँसो २ बजे न्याय सेवा आयोगको बैठक बोलाएका छन् । आयोगमा प्रधानन्यायाधीश राणा सहित कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु, सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, महान्यायाधिवक्ता खम्मबहादुर खाती र लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मी सदस्य छन् । कानुनमन्त्री बडु कोरोना संक्रमणपछि आइसोलेसनमा बसेका छन् । लामो समयदेखि न्याय सेवाको बैठक बस्न सकेको छैन ।
कानुन, न्याय तथा अदालतका विषयमा छलफल गर्नुपर्ने भए पनि प्रधानन्यायाधीश राणाविरुद्ध नेपाल बार एसोसियसनको आन्दोलन चर्किएपछि न्याय सेवाको बैठक यसअघि प्रभावित भएको थियाे । लगातारको आन्दोलनका बीच प्रधानन्यायाधीश राणाले दोस्रोपटक आजका लागि न्याय सेवा आयोगको बैठक बाेलाएका हुन् । यसअघि ६ पुसमा बोलाइएको भए पनि बैठक बस्दै नबसी स्थगित भएको थियो ।