प्याउकलाले जनयुद्दमा खेलेको भुमिकाको प्रशंसा गर्दै श्रदान्जली सभा

२०७८ माघ १५ गते, शनिबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी कालिकोटले बिथलडाडा महिला प्रतिरोधकी कमाण्डर ७३ बर्षिय प्याउकला बि क को श्रदान्जली सभा सम्पन्न गरेको छ । माल्कोट बिथलडाडा प्रतिरोध गर्दा गोली लागेर घाईते भै पल्टिएको अागनमा श्रदान्जली समारोह छोरा लाल ब बि क को सभापतित्व जिल्ला ईन्चार्ज एब केन्द्रीय सदस्य बिराटको प्रमुख अातिथ्यता जिल्ला सेक्रेटरी रणदिप माअोवादी केन्द्र प्रदेश कमिटी सदस्य दैलेखी, अनेमसंघ क्रान्तिकारी केन्द्रीय सदस्य शान्ती, जिल्ला सल्हाकार सदस्य निर्मल, तिला गाउकमिटी ईन्चार्ज, रमेश, सहिद स्मृती गाउकमिटी सदस्य अखडा, अनेमसंघ क्रान्तिकारी कालिकोटकी संयोजक नन्दा बि क, शिक्षक संगठनका संयोजक गोरख बि क, शान्नी त्रिबेणी गाउँकमिटी ईन्चार्ज अरिकलको अातिथ्यतामा सम्पन्न भएको उक्त समारोहमा मृतक प्याउकला बि क को फोटामा प्रमुख अतिथी अतिथी लगायत शुभचिन्तक अाफन्तजनहरुले माल्याअर्पण गरेका थिए । उक्त समारोहमा मन्तब्य राख्दै अतिथी दैलेखिले प्याउकलाले जनयुद्दको क्रममा खेलेको भुमिकाको प्रशंसा गरे भने अतिथी शान्तीले प्याउकलाको बिरता पुर्ण काम र शाहासले नेपाली महिला अानणदोलनको शिर उचो रहेको र संगठनले उनको भुमिकाको सधै उच्च कदर बताइन ।
उक्त समारोहमा जिल्ला सेक्रेटरी रणदिपले जनयुद्द र एकीकृत जनक्रान्तिमा मृतक अामाले खेलेको शाहासिक भुमिकाको अाफ्नो पार्टीले सधै उच्च सम्मान गरिरहने र उहाँ जस्तै अाम नेपाली जनताले देखेको सपना पूरा नहुन्जेल क्रान्तिजारी राख्ने प्रतिबद्दता जनाए। यसैगरी प्रमुख अतिथी बिराटले मृतक अामाप्रति भावपुर्ण श्रदान्जली ब्यक्त गर्दै गद्दारहरुले बिरताको ईतिहास भुलेर सहिद घाईते र अाम नेपाली लाई धोका दिए पनि अाफ्नो पार्टीले बिथलडाडा बिद्रोहको सपना पूरा गरि छाड्ने ठोकुवा गरे ।उक्त कार्यक्रमको संचालक तिला नगर कमिटी ईनणचार्ज रमेशले गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]