नेकपा मकवानपुरद्वारा गुण्डागर्दी नरोकिए उचित जवाफ दिने चेतावनी

काठमाडौँँ । नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले दिनानुदिन समाजमा बढ्दै गइरहेको हर किसिमका गुण्डागर्दी नियन्त्रण नभए सामाजिक रूपमा उचित जवाफ दिइने बताएको छ। सो पार्टीले सोमबार बिज्ञप्ति जारी गर्दै दुवै पक्षलाई छलफलका लागि बोलाउदा पीडित पक्ष नआइपुग्दै पीडक पक्ष आवेशमा आई बाहिरबाट गुण्डागर्दी शैलीमा ढुङ्गा प्रहार गर्ने दुष्प्रयास निन्दनीय, अपराधपूर्ण र दण्डनीय भएको जनाएको छ।नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज नयनद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ – जनताको वैकल्पिक शक्तिको रूपमा उदय भइरहेको हाम्रो जनप्रिय पार्टीे नेपाल कम्युनिस्ट पार्टी हाल सञ्चालित राज्यव्यवस्थाका कारण देशमा व्याप्त राष्ट्रघात, घुसखोर, भ्रष्टाचार, कालोबजारी, महँगी, विकृति, विसंगति, बलात्कार, लागू औषध दुर्व्यसनी, गुण्डागर्दी, ठगी लगायत सबै किसिमको अपराध अन्त्य गर्न चाहन्छ। जसको लागि जनताको वयवस्था वैज्ञानिक समाजवाद स्थापना अपरिहार्य भएको कुरा समेत उल्लेख गरेको छ।उल्लेखित विज्ञप्ति अनुसार आजको दिनमा न्याय महँगो भएको छ। दलाल पुँजीवादी सत्ता, सरकार र संसदवादी पार्टीहरूको राष्ट्रघाती, जनविरोधी, भ्रष्टाचारी, दलालिकरणको चरित्रले गर्दा देश आजसम्म स्वाधीन हुन सकिरहेको छैन। न्यायालयबाट पीडित सर्वसाधारणले न्याय पाएको छैन। राजनैतिक संरक्षणकै कारण नेपाल प्रहरीले अपराध र गुण्डागर्दी पूर्ण रूपमा नियन्त्रण गर्न नसक्नु आजको तीतो यथार्थ हो।यसरी जनताको जिम्मा लिएको यो राज्यले सर्वसाधारण जनतालाई उचित राहत र पूर्ण न्याय दिन नसकेकै कारण आज ठगिएका, हेपिएका, अन्यायमा परेका आम सर्वसाधारण नागरिक न्याय खोज्दै खोज्दै केही झिनो आशाका साथ विप्लव नेतृत्वको नेकपाको कार्यालयमा आउन बाध्य र स्वभाविक भएको कुरा विज्ञप्तिमा उल्लेख गरिएको छ। त्यसै अनुरूप मीटर व्याजी बारा जिल्ला निवासी हाल हेटौँडा(१० कर्रामा बस्दै आएकी सुलेसा सोनारबाट ठगिएकी पीडित पक्ष रमिला बरालको पटक पटकको आग्रह पछि हिजो मिति २०७८ माग १६ गते १स्३० बजे दुवै पक्षलाई झिकाई छलफल गराउने सिलसिलामा पीडित पक्ष नआइपुग्दै आवेशमा आई पीडक पक्षद्वारा गुण्डागर्दी ढंगले पार्टी कार्यालयमा बाहिरबाट ढुङ्गा प्रहारको दुष्प्रयास भयो। जुन निन्दनीय, अपराधपूर्ण र दण्डनीय भएको उल्लेख गरिएको छ।
विज्ञप्ति मार्फत यस प्रकारका ठगी र गुण्डागर्दीमा संलग्न भएका अपराधीहरूलाई कानुनको दायरामा ल्याई कडा कारबाही गर्न, पीडितलाई उचित न्याय दिलाउने वातावरण बनाउन र विकृति, विसंगति मुक्त समाज निर्माणको कार्यमा जोड दिन जिल्ला प्रहरी कार्यालयलाई पार्टीले आग्रह गरेको छ। अन्यथा यस किसिमको गुण्डागर्दी नरोकिए सामाजिक रूपमा उचित जवाफ दिइने छ भन्ने कुरा पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।
