नेकपानिकट जवसमोर्चाद्वारा आयल निगम घेराउ

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट संयुक्त जवसमोर्चाहरुले पुर्व घोषित कार्यक्रम अनुसार पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि तत्काल खारेज गर्न माग गर्दै आज देशका बिभिन्न स्थाना रहेका नेपाल आयल निगमको कार्यालय घेराउ गरेका छन । यसैक्रममा नेपाल कम्युनिस्ट पार्टीनिकट संयुक्त जवसमोर्चाहरुले काठमाडौँको टेकुस्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेका छन । आयल निगम घेर्न पुगेका नेकपानिकट संयुक्त जवसमोर्चाका नेता कार्यकर्ताहरुले पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि तत्काल खारेज गर्न माग गरेका थिए ।
यसैगरी , नेपाल कम्युनिस्ट पार्टी निकट संयुक्त जवस/मोर्चाहरुले नेपाल आयल निगमको दाङ स्थित तुलसीपुर इन्धन डिपो कार्यालय घेराउ घेराउ गरेका छन। इन्धन डिपो कार्यालय घेराउ पछिको बिरोध सभालाई सम्बोधन गर्ने वक्ताहरुले पेट्रोलियम पदार्थको मुल्यबृद्दी तत्काल फिर्ता नलिए अझ कडा संघर्षका कार्यक्रमहरु गर्ने चेतावनी दिएका छन।
कार्यक्रमलाई सम्बोधन गर्दै अखिल(क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य एवम लुम्बिनी प्रदेशका इन्चार्ज दिपकले शान्तिपुर्ण ढंगले मुल्यबृद्दी फिर्ताको आन्दोलनलाई नटेरे आयल निगमलाइ जनताले ध्वस्त पार्ने चेतावनी दिए । उनले भने -,” दलाल सत्ताले जनताको शान्तिपुर्ण आन्दोलन मार्फत मुल्यबृद्दी फिर्ताको माग सुनुवाइ नगरे जनताले यो भ्रष्ट आयल निगममा आगो लगाउछन।”
नेता बिष्टले ८४ रुपैयाँमा किनेको पेट्रोल १४२ रुपैयाँमा बेच्दा समेत घाटा हुन्छ भनेर आयल निगमले जनताको आखामा छारो हालेको समेत बताए । उनले दलाल सत्ताले जनताको धैर्यता तोड्न खोजिरहेको बताउदै जुनदिन आफुहरुको धैर्यताको सिमा तोडिन्छ सत्ताले आन्दोलन थेग्न नसक्ने चेतावनी समेत दिए ।
कार्यक्रमलाइ सम्बोधन गर्दै श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय सदस्य सुरजले नेपाली जनताको उठिबास गराउने गरि गरिएको मुल्यबृद्दी,महंगी,भ्रस्टाचार,कमिसनखोरका विरुद्ध आफुहरु जुनसुकै मूल्य चुकाउन तयार भएको तर दलाल पुजीवादी सत्ताको हर्कत सहेर नबस्ने बताए । उनले राष्ट्र,राष्ट्रियता,जनतन्त्र र जनजिबिकाको सवालमा दलाल सत्ता रत्तिभर जिम्मेवार नभएको प्रती कडा आक्रोश प्रकट गर्दै नेता सुरजले दलाल पुजीवादी राज्यसत्ता रहेसम्म वास्तविक शान्ति,समृद्धि र स्वाधीनता प्राप्त नहुने ठोकुवा गरे ।
यस्तै कार्यक्रमलाइ सम्बोधन गर्दै युवा संगठन नेपालका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज मनोजले नेपाली श्रमजीवी लाखौं युवाहरु यतिबेला मुल्यबृद्दीको बिरोधमा सडकमा संघर्ष गरिरहेको बताए । उनले युवाहरुको आन्दोलन प्रती राज्य बारम्बार बेखबर बनिरहेको स्मरण गर्दै मुल्यबृद्दी तत्काल खारेज नगरे भ्रष्ट आयल निगमले ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी समेत दिए । नेता मनोजले आफुहरुले शान्तिपुर्ण ढंगले उच्च लोकतान्त्रिक प्रयोग गरि जनमतसंग्रह मार्फत वैज्ञानिक समाजवादको एजेन्डा लिएर अघि बढेकाले एकपटक नेपाली जनतालाइ व्यवस्था चुन्ने अधिकार दिनुपर्ने बताए ।
आयल निगम घेराउ पछिको बिरोध सभालाई अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य संजयले सहजीकरण गरेका थिए ।