आज विहान १० देखि ११ बजेसम्म देशब्यापी चक्काजाम

२०७८ माघ २३ गते, आईतवार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट संयुक्त जवस मोर्चाहरुले पेट्रोलियम पदार्थमा बढाइएको मूल्यबृद्धि तत्काल फिर्ता गर्न जोडदार माग गर्दै विभिन्न संघर्षको कार्यक्रमहरु घोषणा गरेका छन् । सो पार्टी निकट जबसमोर्चाहरुले बुधबार संयुक्त बिज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धिले जनताको जनजीवन थप कष्टकर भएको भन्दै तत्काल फिर्ता लिन माग गर्दै संघर्षका कार्यक्रम घोषणा गरेका हुन् ।

जनताको आधारभूत विषयहरुमा जिम्मेवार बन्नुको सट्टा सरकारले जनताको ढाड सेक्ने गरी मंगलबार राति १२ बजेदेखि लागू हुने गरी साविकको विक्री मूल्यमा पेट्रोल र डिजल प्रतिलिटर रु. ३ बढाएर अब पेट्रोलको प्रतिलिटर रु. १४२ र मट्टितेलको प्रतिलिटर रु. १२५ कायम गरेको छ भने आन्तरिक हवाई इन्धनमा प्रतिलिटर रु. १० बढाएको छ । उक्त मूल्यबृद्धिविरुद्ध नेकपा निकट जनवर्गीय संगठनहरुले संयुक्त रुपमा संघर्षका कार्यक्रम घोषणा गरेका हुन् । संघर्षको कार्यक्रमअन्तर्गत माघ २० गते देशब्यापी कोणसभा, माघ २१ गते बिहान १० देखि ११ बजेसम्म देशव्यापी आयल, कार्यालय र डिपोहरु घेराउ र माघ २२ गते देशब्यापी प्रचार प्रसार गरिएको छ भने आज माघ २३ गते विहान १० देखि ११ बजेसम्म १ घण्टा देशव्यापी चक्काजाम गर्ने र भोलि माघ २४ गते देशव्यापी अन्तरक्रिया कार्यक्रम गर्ने तथा माघ २६ गते देशव्यापी विरोध प्रदर्शन गर्नेलगायतका संघर्षका कार्यक्रम रहेका छन् भने नेकपानिकट ती संगठनले बढाइएको मूल्यबृद्धि तत्काल फिर्ता नलिए योभन्दा उच्च संघर्षको कार्यक्रमसहित आन्दोलनमा उत्रन बाध्य हुने समेत सम्बन्धित पक्षलाई चेतावनी दिएका छन् ।

यस विषयमा नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल नेपाल भूमिहीन सुकुम्वासी संघका अध्यक्ष ओम पुन, अखिल नेपाल जनसाँस्कृतिक महासंघका अध्यक्ष माइला लामा, अखिल नेपाल महिला संघ क्रान्तिकारीका अध्यक्ष वन्धु चन्द, श्रमिक समुदाय मोर्चा नेपालका अध्यक्ष रामलाल विश्वकर्मा, जनक्रान्तिका महान् सहिद परिवार संगठन नेपालका अध्यक्ष खुमा सुवेदी, नेपाल गणतान्त्रिक खेलकुद महासंघका अध्यक्ष जयन्द्र चन्द, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का अध्यक्ष हरि श्रेष्ठ, अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका अध्यक्ष टिकाप्रसाद कँडेल, जनगणतान्त्रिक सम्पर्क मञ्चका अध्यक्ष रत्न मगर, नेपाल राष्ट्रिय वुद्धिजीवि संगठनका अध्यक्ष व्यापक नेपाली, जनपत्रकार संगठन नेपालका संयोजक शेरवहादुर विश्वकर्मा, राज्यद्वारा वेपत्ता योद्धा परिवार समाज नेपालका संयोजक रामबहादुर थापा, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष विनोद थापा, अखिल क्रान्तिकारीका अध्यक्ष प्रकाश शाही, युवा संगठन नेपालका अध्यक्ष पाटन र राष्ट्रिय उद्योग वाणिज्य महासंघका अध्यक्ष श्रीकृष्ण वस्नेतले जारी गरेको संयुक्त प्रेस विज्ञप्ति यस परका रहेको छ– “वर्तमान दलाल पुँजीवादी राज्यसत्ताले गैरजिम्मेवार ढंगले बारम्बार पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेर जनताको ढाडसेक्ने काम गरेको छ । मंगलबार राति १२ बजेदेखि लागू हुने गरी साविकको विक्री मूल्यमा पेट्रोल र डिजल प्रतिलिटर रु. ३ बढाएर अब पेट्रोलको प्रतिलिटर रु. १४२ र मट्टितेलको प्रतिलिटर रु. १२५ कायम गरेको छ भने आन्तरिक हवाई इन्धनमा प्रतिलिटर रु. १० बढाएको छ । यसको प्रत्यक्ष असर जनताको सम्पूर्ण उपभोग्य क्षेत्रमा पर्ने छ । दलाल राज्यसत्ता र सरकार संचालकहरु हुने नहुने भ्रष्टाचार, कमिसनखोर, तस्करी, विचौलिया, सुधखोर र अनगिन्ती काण्डहरुले बद्नाम छ । जनताको आधारभूत विषयहरुमा जिम्मेवार बन्नुको सट्टा जनताको ढाडसेक्ने गरी गरिएको अनियन्त्रित मूल्यवृद्धिको हाम्रो संगठन घोर विराध तथा भत्र्सना गर्दछ । तत्काल मूल्यवृद्धि फिर्ता गर्न जोडदार माग गर्दै निम्न संघर्षको कार्यक्रमहरुको घोषणा गर्दछ । अन्यथा योभन्दा उच्च संघर्षको कार्यक्रमसहित आन्दोलनमा उत्रन बाध्य हुने कुरासमेत सम्बन्धित सबैलाई स्पस्ट पार्न चाहन्छौँ ।।”

प्रतिक्रियाहरु

[anycomment]