युवा संगठन कर्णाली प्रदेशको प्रथम पुर्ण बैठक सम्पन्न

२०७८ माघ २३ गते, आईतवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा संगठन नेपाल कर्णाली प्रदेशको प्रथम पुर्ण बैठकले जनमतसङ्ग्रहका लागि सङ्गठन सुदृढ तथा विस्तार अभियानलाई निरन्तरता दिदै प्रदेशका जिल्लाहरु र पालिकाहरुको भेला सम्मेलन नभएका जिल्ला र पालिकाको भेला तथा सम्मेलन गर्ने, प्रचारात्मक सङ्घर्ष अन्तरगत प्रत्येक जिल्लाले जिल्लाको मुख्य चोक र सडकमा भिन्तेलेखन गर्ने , भ्रस्ट जनप्रतिनिधि, कर्मचारी, तस्करी, नदिजन्य प्राकृतिक वस्तुको तस्करी, लागू औषध वितरकलाई कारवाही गर्ने, एमसिसी केन्द्रित सङ्घर्ष संचालन गर्नेलगायतका निर्णय गरेको बताइएको छ।
नेकपा का के.स .तथा सुर्खेत,दैलेख जिल्ला ईन्चार्ज एटम बि सिको प्रमुख आतिथ्यता भएको सो बैठकमा संगठनका केन्द्रिय अध्यक्ष पाटन जंगली ,संगठनका केन्द्रीय सचिव तिलक योगिलगायत अन्य नेतालगायत कर्णाली प्रदेशका सबै जिल्ला ईन्चार्जको उपस्थिति रहेको सो संगठनका के.स तथा दैलेख जिल्ला ईन्चार्ज .गोविन्दबहादुर बुढाले बताए । उक्त बैठकको अध्यक्षता संगठनका कन्द्रिय सचिवालय सदस्य तथा कर्णाली प्रदेश ईन्चार्ज .दिपले गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]