जनगणतान्त्रीक सम्पर्क मञ्च काभ्रेको अध्यक्षमा शिशिर तमाङ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट जनगणतान्त्रीक सम्पर्क मञ्च अन्तगर्त काभ्रे -काठमाडौं सम्पर्क मञ्चको तेश्रो जिल्ला भेलाले शिशिर तमाङको अध्यक्षतामा १३ सदस्यीय समिती गठन गरेको छ। जसको उपाध्यक्षमा राजन तामाङ ,सचिब छिरिङ लामा , सदस्यहरु सत्य तामाङ ,सुरज तामाङ, विजय तामाङ ,पुर्ण बज्राचार्य, सुदिप तामाङ, ओम लामा र सम्राट तामाङ रहेका छन ।
उक्त कार्यक्रममा जनगणतान्त्रीक सम्पर्क मञ्च केन्द्रियका अध्यक्ष रत्न मगरले निर्वाचित नेतृत्वलाई बधाई तथा शुभकामना दिदै अहिलेको ठग दलाल व्यवस्थालाई तोड्न काभ्रे सम्पर्क मञ्चले अग्र भुमिका खेल्नु पर्ने बताएका थिए ।
जनगणतान्त्रीक सम्पर्क मञ्चका केन्द्रिय अध्यक्ष रत्न मगरको प्रमुख आथितित्यमा सम्पन्न भएको उक्त कार्यक्रमका अतिथिमा जनगणतान्त्रीक सम्पर्क मञ्च केन्द्रिय समितिका केन्द्रिय सदस्य बिष्णुबिक्रम खत्री र जनगणतान्त्रीक सम्पर्क मञ्च केन्द्रिय सचिवद्द्य टिका चौधरी सुशिल बलम्पाकीलगायत रहेका थिए ।