‘ संसदीय व्यवस्था रहँदासम्म मूल्यवृद्धि रोकिदैन’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीका सेक्रेटरी खेम घर्ती मगरले बर्तमान व्यवस्था देशमा रहेसम्म नेपाली जनताले निकास पाउन नसक्ने बताउदै प्रगतिशील सरकार बनाएर जनमत संग्रह गरी वैज्ञानिक समाजवाद ल्याउनु आवरयक रहेको बताएका छन । नेकपा निकटका जनवर्गीय संगठनले सन्धिखर्कमा आयोजना गरेको पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्धि विरुद्ध अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गदै नेता घर्ती यस्तो बताएका हुन् । नेता घर्तीले वर्तमान सरकारले देशमा जनताका पक्षमा कुनै काम गर्न नसकेको बताउदै वर्तमान सरकार बनेपछि ६ पटकसम्म पेट्रोलियम पदार्थमा गरिएकोे मुल्यबृद्धिले जनता आघात बनेको बताउँदै वर्तमान सरकार जनताको पक्षमा नरहेको बताए । नेता घर्तीले राष्ट्रियता, जनतन्त्र र जनजीविका पक्षमा राजनीतिक दलले कोठे योजना बनाउनुभन्दा जनताले देख्ने योजना बनाएर जिल्लाबाट सुरुवात गरेर एमसीसीबारे कठोर कदम चाल्नुपर्ने बताए । कार्यक्रममा नेकपा एमालेका जिल्ला उपसचिव शम्मु प्रसाद पोख्रेलले वर्तमान सरकारले जनताको पक्षमा कुनै काम गर्न नसकेको बताउदै सरकारले जनतालाई दुखमात्र दिएको बताउदै राष्ट्रियता जनतन्त्र र जनजीविका पक्षमा आफुहरु नेकपासँग एकमत रहेको बताउदै बर्तमान सरकारले गरेको पेट्रोलियम पदार्थको मुल्यबृद्धि फिर्ता लिनुपर्ने, एमसीसीबारे सरकारले स्पष्ट धारणा बनाएमा एमालेले ठोस योजना बनाउने बताए । कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सचिब कृष्णप्रसाद खनालले सरकारले पेट्रोलियम पदार्थबारे ठोस नीति बनाएर जानुपर्ने बताउदै आयल निगममा नीतिगत भ्रष्टाचार भएको बताउदै छानविन गरेर कार्यबाही गनुपर्ने बताए । नेकपा माओवादी केन्द्रका नेता देबबहादुर खड्काले सरकारले अन्याय अत्याचार भ्रष्टाचारका घटना देशमा बढेकोले त्यसको न्युनीकरण गर्नको लागि ठोस कदम चाल्नुपर्ने बताउदै पेट्रोलियम पदार्थबारे ठोस नीति बनाएर जानुपर्ने बताए ।कार्यक्रममा नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष रामबहादुर चौहान, पुष्कर आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीका पुर्व केन्द्रिय सदस्य देबीबहादुर खड्का, राष्ट्रिय जनमोर्चाका नेता भिमलाल आचार्य, परिबार दलका जिल्ला अध्यक्ष डिल्लीराज भुसाल, उद्योग बाणिज्य संघका उपाध्यक्ष जीवलाल बन्जाडे, चेम्बर अफ कमर्शका जिल्ला अध्यक्ष अशोककुमार श्रेष्ठ, नागरिक समाजका अध्यक्ष नन्दलाल पोख्रेल, इन्सेक प्रतिनिधि कुलबहादुर नेपाली लगायतका बक्ताले कार्यक्रममा मन्तव्य राख्दै वर्तमान सरकारले गरेको पेट्रोलियम पदार्थमा मुल्यबृद्धि फिर्ता लिए जनताको पक्षमा राष्ट्रिय स्वाधीनता जनजिबिका पक्षमा जनतन्त्रको पक्षमा काम गनुपर्ने बताए । कार्यक्रम अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य नविन खड्काको अध्यक्षता जनपत्रकार सगठन नेपालका केन्द्रीय सदस्य तथा प्रदेश सचिव अनिल नेपालीको सञ्चालन, मगर मुक्ति मोर्चाका केन्द्रीय सदस्य सागर पुनको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा जनबर्गीय सगठनका प्रमुख प्रतिनिधि शुभेच्छुक बृद्धिजिवी सञ्चारकर्मी लगायतको उपस्थिति रहेकोे थियो । – अनिल नेपाली