एमसीसीविरुद्ध कालिकोटमा विरोध प्रदर्शन र सभा

२०७८ माघ २७ गते, बिहीबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी र राष्ट्रिय जनमोर्चाले कालिकोटमा राष्ट्रघाती एमसीसी विरुद्ध विरोध प्रदर्शन र सभा गरेका छन । कालिकोटको रास्कोट नगरपालिकामा आयोजित उक्त विरोध प्रदर्शनमा एमसीसी चाहिदैन,राष्ट्र वेच्न पाईदैन , दलाल सरकार होसीयार , देउवा र प्रचण्ड होसीयार जस्ता नारा लगाईएको थियो । विरोध प्रदर्शन पछिको कोण सभालाई सम्बोधन गर्दै नेकपा कालिकोटका सदस्य तथा नगर इन्चार्ज किरणले राष्ट्रघाती नेपालका दलालहरूले राष्ट्रघाती एमसीसी संसदवाट अनुमोदन गराउने षड्यन्त्र गरेको बताउदै यस्तो षड्यन्त्रका विरुद्ध देशभक्त क्रान्तिकारी राष्ट्रबादी सवै नेपाली जनता एक हुनु पर्ने भन्दै जवर्जस्त अनुमोदन गरिए संसद भवन जनताको निशानामा पर्ने चेतावनी दिए ।
उक्त कार्यक्रममा अनेमसं क्रान्तिकारीका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश इन्चा कलसा बिश्वकर्मा (शान्ति), नेकपा जिल्ला कमिटी सचिपालय सदस्य तथा राष्कोट नगर कमिटी सचिव निर्देशन सुनार, शान्नित्रिबेणी गाउँपालिका पार्टी सचिव दान बहादुर बोहोरा, राष्ट्रिय जनमोर्चाका प्रदेश कमिटी सदस्य तथा कालिकोट जिल्ला कमिटी पार्टी सचिव रणबहादुर शाही लगायतका नेताहरूको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]