वडा अध्यक्ष खातिलाई कालोमोसो !

२०७८ माघ २७ गते, बिहीबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा संगठन कञ्चनपुरले बेल्डाडी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष प्रेम खातिलाई कालोमोसो दलेको छ । सो संगठनले वडा अध्यक्ष खातिले वडाका हरेक बिकास निर्माणमा भ्रष्टाचार गरेको भन्दै वडा अध्यक्ष खातिलाई कालोमोसो दलेर कारबाही गरेको जनाएको छ।
यस बिषयमा नेपाल कम्युनिस्ट पार्टीनिकट युवा संगठन कञ्चनपुरका अध्यक्ष विकल्पले जारी गरेको बिज्ञप्ति यस प्रकार रहेको छ – “हाम्रो महान तथा गौरवशालि संगठन युवा संगठन नेपाल स्थापना कालदेखि नै हरेक खाले समाजिक विसंगति र भ्रष्टाचारका विरुद्ध निरन्तर संघर्ष गर्दै कुरा आम जनसमुदायहरुमा अवगत नै छ।
यसै सिलसिलामा बेल्डाडि गाउँपालिका वडा न. २ का अध्यक्ष प्रेम खातिलाई कालो मोसो लगाई जनकारबाही गरेको छ।
प्रेम खातिलाई जनकारवाहि किन ?
१. वडा कार्यलय भवनको भाडा एकठाउ दिने अनि कार्यलय भने गाउँपालिका भित्र रहेकाले।
२. सम्झौता बढजदेदमीय य र साना किसान लघुवित्तियलाई जमिन सहित १५ लाख दिने गरेको ।
३.मनोमानी तरिकाले कर्मचारी गरेकाले
४. मनोमानी तरिकाले ग्राईविल फालेको हुनाले
५ उपभीक्ता समिति पनि मनोमानी तरिकाले आफ्नो अनकुलतामा काम गरेकाले
६, गाउँपालिकाको पछाडी एकल महिलाका लागि २८ लाखमा बनाएको ४कोठे भवनमा समेत अनियमितता गरेको हुनाले
७. बसपार्कका लागि भनी ल्याएको गिट्टी बालुवा २७ टिप्पर बेचेकाले
८. वडा कार्यलयमा उपस्थित नभई सेवा ग्राहिहरुलाई अनेक बाहनामा दुख दिएकाले
९ कालिकिच उपभोक्ता समितिको कार्यलय देखि क्याम्प सम्मको सडक निर्माणमा पनि आर्थिक अनिमियतता भएकाले। “

प्रतिक्रियाहरु

[anycomment]