युवा संगठन बाँकेद्वारा एमसीसी अनुमोदन नगर्न चेतावनी

२०७८ माघ २८ गते, शुक्रबार


काठमाडौं । युवा संगठन नेपाल वाँकेले एमसीसी अनुमोदन नगर्न चेतावनी दिदै प्रधानमन्त्री तथा मन्त्रीपरिषको कार्यालयलाई सम्वोधन गरि प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र बुझाएको छ । सो संगठनले एमसीसीका वारे प्रधानमन्त्री शेरवहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसीको कार्यालय अमेरिकालाई लेखेको पत्र सार्वजनिक भएपछि गम्भीर आपत्तीसमेत प्रकट गर्दै यस बिषयले देशभक्त युवाहरुलाई स्तव्ध तुल्याएको जनाइएको छ ।
युवा संगठन वाँकेका अध्यक्ष दिपक वुढाको हस्ताक्षरमा वाँकेका प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारलाई वुझाइएको
ज्ञापन पत्रमा एमसीसी अनुमोदन नगर्न चेतावनी दिदै राष्ट्रप्रेमी देशभक्त युवाहरुले राष्ट्रघाती एमसीसी सम्झौता र यसका पक्षधरहरु विरुद्ध हरेक प्रकारको आन्दोलन गर्न वाध्य हुने चेतावनी दिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]