दैलेख र कालिकोटमा प्रधानमन्त्री देउवालगायतका नेताको पुतला दहन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा संगठन दैलेख र कालिकोटले प्रधानमन्त्री शेरबहादुर देउवा लगायतका नेताको पुतला दहन गरेको छ । सो संगठनले राष्ट्रघाती सम्झौता एमसिसी संसदबाट पास गरेर राष्ट्रियतालाई नै धरापमा पार्न खाेजेकाे भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी ओली, बाबुराम भट्टराई र एमसिसी परियोजना उपाध्यक्ष फतिमा सुमारको पुतला दहन गरेको हाे । युवा संगठन नेपालका केन्द्रीय सदस्य तथा दैलेख ईन्चार्ज गोविन्दबहादुर बुढा र युवा संगठनका केन्द्रीय सदस्य कल्पना मल्लले राष्ट्रघाती एमसीसी सम्झौता र यसका पक्षधरहरुले जबर्जस्ती राष्ट्रघाति सम्झौता एमसिसी परियोजना नेपालमा लागु गरेर देशलाई अफगानिस्तान बनाउन खाेजेकाे भन्दै यिनी दलालहरूको पुत्ला दहन गरेको बताए ।