आज २७ औँ जनयुद्ध दिवस : देशभर भव्यरूपमा मनाइदै

काठमाडौँ । आज २७ औँ जनयुद्ध दिवस , नेपाल कम्युनिस्ट पार्टीले आज देशभर विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरी भव्य रूपले २७ औँ जनयुद्ध दिवस मनाउँदैछ । २०५२ साल फागुन १ गते तत्कालीन नेकपा (माओवादी) को नेतृत्वमा जनयुद्ध आरम्भ भएको ऐतिहासिक दिनलाई नेपालका क्रान्तिकारी कम्युनिस्ट शक्ति र विशेषगरी नेपाल कम्युनिस्ट पार्टीले विशेष पर्वका रूपमा मनाउँदै आएको छ । आज जनयुद्ध आरम्भ भएको २७ औँ वर्षगाँठ हो । नेकपा र नेकपा आबद्ध विभिन्न जवस, मोर्चाहरूले देशका सम्पूर्ण जिल्लामा विभिन्न रचनात्मक र सिर्जनात्मक कार्यक्रम गरी २७ औँ जनयुद्ध दिवस मनाउने निर्णय यसअघि नै गरेको थियो । कार्यक्रमअनुसार आज बिहान खुसीयाली तथा शुभकामना आदानप्रदान गर्ने, दिउँसो उत्सव मनाउने, सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्ने र साँझ दीपावली गर्ने बताइएको छ ।