प्रधानन्यायाधीश राणाविरूद्ध महाअभियोग दर्ता

२०७८ फाल्गुन १ गते, आईतवार

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा महाअभियोग दर्ता भएको छ । आज विहान ११ बजेर १० मिनेटमा सत्तारुढ पाँचदलीय गठबन्धनका सांसदहरुले संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गराएका हुन् । महाअभियोग प्रस्तावमा कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूसहितथ ९८ जना सांसदले हस्ताक्षर गरेका छन् ।
प्रधानन्यायाधीशको राजीनामा माग गर्दै सर्वोच्च अदालतका न्यायाधीशहरुले पनि लामो समय इजलास बहिस्कार गरेका थिए भने नेपाल बार एशोसिएसनले लामो समयदेखि आन्दोलन गर्दै आएको छ । । सर्वोच्च अदालतको नियमावली संशोधन गरेर गोला प्रक्रियाबाट पेशी तोक्न थालेपछि न्यायाधीशहरु भने बेञ्चमा फर्किएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]