एमसीसीविरुद्ध नेपाल बन्द : प्रहरीद्वारा व्यापक गिरफ्तारी र धरपकड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीसहित ५ राजनितिक दल र देशभक्त जनगणतान्त्रीक मोर्चा, नेपालले एमसीसी सम्झौतालाई षड्यन्त्रमुलक तरिकाले संसद वैठकवाट पास गराउने षड्यन्त्र गरेको भन्दै आज आह्वान गरेको नेपाल वन्दको क्रममा सरकारले सडकमा निस्किएका आन्दोलनकारीलाई व्यापक गिरफ्तार र धरपकड गरेको छ । यसैक्रममा काठमाडौँको बागबजार क्षेत्रलाई प्रहरीले घेराउ गरेको जानकारी अखिल क्रान्तिकारीले दिएको छ । यसैबीच राष्ट्रघाती MCC विरुद्धको नेपाल बन्दका क्रममा उपत्यकाबाट १६ जना विद्यार्थीहरु गिरफ्तार भएका छन् । अखिल (क्रान्तिकारी) नेताकार्यकर्ताहरु प्रेम सिजापती,हस्त कुमार विक, अशोक महतरा, भरत चन्द, गोरख धामी, अर्जुन सुनार, नविन विष्ट, निकास बस्नेत छत्र विक, राजेश रावल, विवेक मयाल, पुर्ण चन्द्र खड्का, निराजन रावत, मौसम माझी, सुवास महत, दिपक विकलाई प्रहरीले गिरफ्तार गरेको अखिल (क्रान्तिकारी) ले जनाएको छ ।
प्राप्त पछिल्लो जानकारीअनुसार काठमाडौँबाट प्रहरीले जनगणतान्त्रिक सम्पर्क मञ्चका केन्द्रीय सचिव टीका चौधरी (सामाखुसी), अखिल क्रान्तिकारी भक्तपुरका संयोजक अशोक महतरा (भक्तपुर), सिमराचाेकबाट युवाकाे अध्यक्ष निरज र मुक्ति, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रेम सिँजापति (पाण्डु), अखिल क्रान्तिकारी पशुपति क्याम्पस एकाइ अध्यक्ष सुवास महत, छत्र विक, निराजनलगायत विद्यार्थी सङ्गठनका सातजनालाई बागबजारबाट गिरफ्तार गरेको छ ।
यता , नेपाल बन्दको कार्यक्रमबाट दाङमा २ नेता पक्राउ परेको जानकारी प्राप्त भएको छ । दाङको भालुबाङबाट नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) दाङका जिल्ला अध्यक्ष मनोज थापा र नेकपा निकट राष्ट्रिय थारु मुक्ति मोर्चाका जिल्ला सदस्य अशोक चौधरीलाई प्रहरीले गिरफ्तार गरेको हो ।
बन्दका कारण काठमाडौँलगायत देशभर लामो तथा छोटो दूरीका सवारीसाधन ठप्प छन् भने बजार, व्यवसाय, शिक्षण संस्था, उद्योग कलकारखाना पनि बन्द रहेका छन् । नेपाल बन्दलाई सफल पार्न मङ्गलबार साँझ देशभर मसाल जुलुस निकालिएको थियो ।