६ राजनीतिक दल र दुई मोर्चाले भोलि एमसीसीबिरुद्ध संसद भवन अगाडी प्रदर्शन गर्ने

२०७८ फाल्गुन ५ गते, बिहीबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक दल र दुई मोर्चाले अमेरिकी साम्राज्यवाद र तिनका दलाल संसदवादी दलहरुले एमसीसी संसदबाट अनुमोदन गर्न निर्णायक तयारी गरेको भन्दै भोलि फागुन ६ गते देशैभरी संयुक्त विरोध प्रदर्शन र काठमाडौंको माइतीघर मण्डलाबाट संसद भवन अगाडी नयाँ बानेश्वरसम्म संयुक्त बिरोध प्रदर्शन गर्ने बताएका छन । नेपाल कम्युनिस्ट पार्टीसहित नेपाल कम्युनिस्ट पार्टी (मसाल) , नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), नेकपा माओबादी केन्द्र समाजवादी ,नेपाल कम्युनिस्ट पार्टी, चैज्ञानिक समाजबादी कम्युनिस्ट पार्टी नेपाल , देशभक्त जनगणतान्त्रीक मोर्चा नेपाल, राष्ट्रिय जनमोर्चा, नेपालले आज एक संयुक्त बिज्ञप्ती जारी गर्दै राष्ट्रघाती एमसिसी सम्झौता विरुद्धको संघर्ष झन पेचिलो र सशक्त बन्दै गैरहेको भन्दै संघर्षको थप कार्यक्रम घोषणा गरेका हुन् । उनीहरुद्वारा जारी संयुक्त बिज्ञप्तिमा सरकारले राष्ट्रघाती एमसिसी सम्झौता संसदवाट अनुमोदन गर्न गरेको प्रयत्न नेपालको राष्ट्रिय स्वाधीनतामाथिको निर्मम प्रहार र दुस्साहस भएको ठहर गर्दै यसका विरुद्ध शसक्त आन्दोलन सृष्टि गर्न आम देशभक्त जनसमुदायहरुसंग गम्भीर अपीलसमेत गरिएको छ ।

यस बिषयमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहन विक्रम सिंह, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’, नेकपा माओबादी केन्द्र समाजवादीका अध्यक्ष सुशील , नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालका संयोजक आहुती, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेल र राष्ट्रिय जनमोर्चा, नेपालका अध्यक्ष चित्रबहादुर केसीले जारी गरेको संंयुक्त प्रेस विज्ञप्ति यस प्रकार रहेको छ –
“राष्ट्रघाती एमाससी सम्झौताको विरुद्ध आन्दोलनरत ६ कम्युनिष्ट पार्टी र २ मोर्चाको बैठक आज २०७८ फागुन ५ गते नेकपाको केन्द्रीय कार्यालय बुद्धनगरमा वस्यौ । राष्ट्रघाती एमसिसी सम्झौता विरुद्धको संघर्ष झन पेचिलो र सशक्त बन्दैगैरहेको छ । एकातिर अमेरिकी साम्राज्यवाद र तिनका दलाल संसदवादी दलहरु एरमाससी संसदबाट अनुमोदन गर्न निर्णायक तयारी गर्दैछन भने अर्कातिर राष्ट्रिय स्वाधीनताको रक्षाको देशरभाक्तपूर्ण संघर्षमा देशभक्त जनसमुदायको तीव्र धुविकरण भैरहेकोछ ।
यहि क्रममा फागुन ४ को नेपाल बन्दमा काठमाडौमा घाइतै भएका साथीहरु सुरेश श्रेष्ठ, हरिकृष्ण गजुरेल, बसन्त बुढाथोकी, शारदा महत, शिलु न्यौपाने, सुनिता बुढाथोकी र निर्ग नावनको सम्पूर्ण उपचार निःशुल्क गर्न हामी राज्यसंग गम्भीर अपील गर्दछौं । साथै, फागुन ४ को नेपाल बन्दकै क्रममा कोटेश्वरबाट गिरफ्तगर गारि हालसम्म पान हिरासतमा राखिएका मंगल तामाङलाई विनाशर्त तुरुन्त रिहा गर्न गम्भीर अपील
गर्दछौ ।
अमेरिकी साम्राज्यवादले जवर्जंस्त लाद्न खोजेको एमाससीको विस्द राष्ट्रिय स्वाधीनताको रक्षाको यो संघर्षलाई सर्फालभुत बनाउन आम देशभक्त नेपाली जनसमुदायसंग गहिरो अपीलसहित थप कार्यक्रमहरु तय गरेका छौं।
कार्यक्रमहरु
१) फागुन ६ गते देशैभरी संयुक्त विरोध प्रदर्शन ।
२, काठमाडौंमा दिनको १२.०० वजे माइतीघर मण्डलाबाट संसद भवन अरगाड नयाँ बानेश्वरसम्म संयुक्त बिरोध प्रदर्शन “


प्रतिक्रियाहरु

[anycomment]