‘ देश बचाउन राष्ट्रप्रेमि शक्तिहरू पार्टीभन्दा माथि उठ्नु पर्छ ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य आधारले राष्ट्रप्रेमि शक्तिहरू देश बचाउन पार्टी भन्दा माथि उठेर लाग्नुपर्ने बताएका छन । नेता आधारले एमसीसीविरुद्ध ६ दल र दुई मोर्चाले बनेपाको चार दोबाटोमा आयोजना गरेको कोणसभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसले एमसीसी पास गर्न लागेकोमा आपत्ति जनाउदै यदि एमसीसी पास गरिए जनताले एमसीसीका र पास गर्ने दलका कार्यालयहरू ध्वस्त गर्ने ठोकुवा समेत गरे । उनले एमाले कम्युनिस्ट भएर पनि एमसीसीका बिषयमा चु समेत नबोलेकोमा आश्चर्य लागेको बताउँदै अझै कम्युनिस्ट बनेर हिडिराख्न अब एमालेलाई कुनै नैतिकता समेत नभएको बताए ।
उक्य सभालाई सम्बोधनगर्दै क्रान्तिकारी माओवादीका नेता कान्छा राम तमाङले माओवादीका केही प्रदर्शनहरू बार्गेनिङका लागि भएको बताउँदै उनले मुख्य दलका नेतृत्वहरूका कारण देश संकटमा पर्न लागेको हुँदा आम जनसमुदाय आन्दोलनमा उठ्नु पर्ने बताए ।
उक्त कार्यक्रम सञ्चालन नेकपा निकट सामना परिवारको केन्द्रीय सदस्य लक्षमण तामाङले गरेका थिए भने कार्यक्रम प्लेकार्डसहित नेता कार्यकर्ताहरूको उपस्थितिमा सम्पन्न भएको थियो