जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य पाण्डे गिरफतार : तत्काल रिहा गर्न माग

काठमाडौं । उत्थान साप्ताहिकका सम्पादक तथा जनपत्रकार सङ्गठन नेपालका केन्द्रीय सदस्य सुदर्शनराज पाण्डेलाई प्रहरीले गिरफ्तार गरेको छ । MCC बिरुद्धको प्रतिरोध आन्दोलनमा रिपोर्टिङमा गएका उत्थान साप्ताहिकका सम्पादक , तथा जनपत्रकार सङ्गठन नेपालका केन्द्रीय सदस्य सुदर्शनराज पाण्डेलाई बानेश्वरबाट प्रहरीले गिरफ्तार गरेको हो । पत्रकार सुदर्शनराज पाण्डेलाई गिरफ्तारीप्रति जनपत्रकार संगठन नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाउदै तत्काल रिहा गर्न माग गरेको छ । सो संगठनका संयोजक शेरबहादुर विश्वकर्माले बिज्ञप्तिमार्फत प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पालना गर्दै पत्रकार सुदर्शन राज पाण्डेलाई यथाशीघ्र रिहाइ गर्न माग गरेका हुन् ।