नेकपा इलामद्वारा जिप्रका घेराउ: झडपमा जिल्ला इन्चार्जसहित दर्जन बढी घाइते

काठमाडौँ । रास्ट्रघाती एमसिसी सम्झौताबिरुद्ध आन्दोलित बनेको नेपाल कम्युनिस्ट पार्टी सहितका ६ दल र २ मोर्चाको आयोजनामा इलाममा व्यापक बिरोध प्रदर्शन हुनुका साथै जिल्ला प्रशासन कार्यलय घेराउ भएको छ । जिल्ला प्रशासन कार्यलय घेराउको क्रममा झडप हुंदा केही प्रदर्शनकारी र प्रहरी समेत घाइते भएका छन । इलामको टुंडिखेलबाट सुरु भएको बिरोध प्रदर्शन बजार र चोक हुँदै जिल्ला प्रशान कार्यलय पुगेको थियो । जिल्ला प्रशासन कार्यलयको आगन परिसरमा कोण सभा गर्न पाउनु पर्ने भन्दै प्रदर्शनकारीहरुले गेटबाट प्रबेश गर्न खोजे पछि प्रहरिले रोकेको थियो । संयौं प्रहरिहरुको तैनाथी संग झम्टाझम्टी र ठेलाठेल सहित हात हालाहाल हुंदा प्रदर्शनकारी र प्रहरी घाइते भएका हुन ।
प्रदर्शनमा एमसिसी खारेज गर । एमसिसिका दलालहरु होसियार । अमेरिकी साम्राज्यवाद मुर्दाबाद । दलाल सरकार मुर्दावाद । लगायतका नाराहरु लगाइएका थिए । प्रदर्शन पछि कोणसभालाई संबोधन गर्दै नेकपाका केन्द्रिय सदस्य तथा इलाम इन्चार्ज सुमनसिंहले एमसीसि गम्भीर रास्ट्रघात भएको र यो पास गर्नेहरुलाई जिंउदो नछाड्ने चेतावनी दिए । उनले ब्याख्यात्मक घोसणा जनतालाई झुक्याउने भ्रम भएको र एमसिसी जस्तो रास्ट्रघात गर्ने दलालहरु जनताबाट उदाङ्गिएको बताए । उनले सबै नेपाली जनताहरुले रास्ट्रीय मुक्ती युद्धको निम्ति तयार हुनु पर्ने र मुक्ती सेनाको रुपमा आंफुलाई प्रस्तुत गर्नु पर्ने बताए । कोण सभामा नेकपा क्रान्तिकारी माओबादिका रुद्र साम्पाङले पनि सम्बोधन गरेका थिए । झडपमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सुमनसींह सहित बिमल आचार्य, रुद्र खाती, तृष्णा , उदेश्य , दिनेश, अरुणा , मुना लगायत दर्जन भन्दा बढि नेकपाका नेता कार्यकर्ता र बिधार्थीहरु घाइते भएका हुन ।