अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रद्वारा एमसीसीबिरुद्धको आन्दोलनमा ऐक्यबद्धता

२०७८ फाल्गुन १५ गते, आईतवार

काठमाडौँ । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले ६ वटा क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु र दुईवटा मोर्चाले एमसीसी बिरुद्धको जारी आन्दोलनमा एक्येबद्धता जनाएको छ । सो संगठनका अध्यक्ष हस्तबहादुर केसीली आज एक बिज्ञप्ती जारी गर्दै सो एक्यबद्धता जनाएका हुन् ।
यस बिषयमा अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र , नेपालका अध्यक्ष हस्तबहादुर केसी ले जारी गरेको बिज्ञप्ती यस प्रकार रहेको छ – “नेपालका संसदवादी राजनीतिक दलहरु र सत्तारू नेपाली काँग्रेस , नेपाल कम्युनिस्ट ( माओवादी केन्द्र ) , नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत समाजवादी ) , जनता समाजवादी पार्टी समेतका सत्तारुढ गठबन्धनको सहमतिमा नेपाली नेपाली काँग्रेसको देउवा सरकारले अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेञ्ज कर्पोरेसन ( एमसीसी ) नामक राष्ट्रघाति प्रोजेक्ट नेपालको संसदबाट पारित गर्ने अन्तिम तयारी गरिरहेको समाचारले हाम्रो विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकार केन्द्रको ध्यानाकर्षण भएको छ ।
नेपालमा संसदबाट पारित गर्ने अन्तिम तयारीमा रहेको उक्त राष्ट्रघाति एमसीसी संझौता वास्तविक रुपमा आर्थिक वा विकास सम्बन्धि संझौता मात्र नभई त्यो संझौताको माध्यमद्वारा अमेरिकी साम्राज्यवादले नेपालमाथि कैयौं प्रकारले नियन्त्रण गर्ने षड्यन्त्र भएकोले अमेरिकी एमसीसी संझौता इन्डो – प्यासिफिक रणनीतिको अंग भएको पुष्टि भएको छ भन्ने हाम्रो संगठनको ठहर छ भन्ने कुरा हामी नेपाल लगायत विश्वजगतलाई आश्वस्त दिलाउन चाहन्छौं ।
साथै उक्त राष्ट्रघाति एमसीसी संझौता पारित भयो भने त्यसबाट नेपालको राष्ट्रियता , सार्वभौमिकता र असंलग्न परराष्ट नीति तथा बृहत्तर राष्ट्रिय हितमाथि नै गंभीर आँच पुग्नेछ र त्यसका गंभीर प्रकारका दूरगामी परिणाम हुनेछन् भन्ने हाम्रो संगठनले संश्लेषण गरेकोले उक्त संसौता पूर्णरूपले खारेज गरिनुपर्छ भन्ने हाम्रो संगठनको माग रहँदै आएकोे छ ।
यसको पूर्णरूपले खारेजी गर्नका लागि नेपालका ६ वटा क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु र दुईवटा मोर्चाहरुद्वारा सञ्चालन हुँदै आइरहेको संयुक्त जनआन्दोलनलाई सशक्त ढंगले अगाडि बढाउनका निम्ति सम्पूर्ण देशभक्त नेपाली जनता , लेखक , पत्रकार , साहित्यकार , वकिल , डाक्टर , इन्जिनियर , शिक्षक , प्राध्यापक , बुध्दिजीवी , नागरिक समाज तथा विभिन्न तह र तप्काका जनसमुदाय चालू संयुक्त जनआन्दोलन लामबध्द भै अमेरिकी साम्राज्यवाद र त्यसका नेपाल स्थित दलालहरुका योजना र चाहनाहरु चक्नाचूर पारी आफ्नो देशको राष्ट्रियता , सार्वभौमिकता र राष्ट्रिय स्वाधीनताको रक्षा गर्नका लागि सशक्त जनआन्दोलनको सुनामी सृष्टि गर्न हार्दिक अपिल गर्दछ र यस संयुक्त जनआन्दोलनमा हाम्रो गौरवशाली संगठनको ऐक्यबद्धता रहिरहने प्रतिबध्दता जाहेर गर्न चाहन्छ ।”

प्रतिक्रियाहरु

[anycomment]