दाङमा बन्दको पुर्ण प्रभाव : बन्दकर्ताहरु सडकमा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीसहित छ राजनीतिक पार्टी र दुई मोर्चाले राष्ट्रघाती एमसीसीविरुद्ध आह्वान गरेको नेपाल बन्दकाे प्रभाब दाङमा पुर्ण परेको छ। बिहानैदेखि दाङमा छोटो तथा लामो दुरिका सवारी साधनहरु,उधोगधन्दा,कलकारखाना,शिक्षण संस्था,व्यापार,व्यवसाय पुर्ण रुपमा ठप्प भएका छन। सडकमा बन्दकर्ताको बाक्लो उपस्थिति रहेको छ भने सुरक्षाकर्मीहरुको पनि बाक्लो उपस्थिति रहेको छ। गएराती अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौता संसदबाट अनुमोदन भएपछी विप्लव नेतृत्वको नेकपा सहित ६ राजनीतिक दल र २ मोर्चाले आज शसक्त नेपाल बन्दको घोषणा गरेका हुन। राष्ट्रघाती एमसिसी सम्झौताका विरुद्ध विप्लव नेकपा सहित ८ दलिय मोर्चा निरन्तर संघर्षमा छ।