नेकपासहित छ कम्युनिस्ट पार्टी र दुई मोर्चाद्वारा आयोजित MCCबिरुद्धको बिरोधसभा सुरु

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीसहित छ राजनीतिक पार्टी र दुई मोर्चाले MCCबिरुद्ध आयोजना गरेको बिशाल जनप्रदर्शनपछि बिरोध सभा सुरु भएको छ । काठमाडौँको खुलामञ्चमा सुरु भएको उक्त बिरोध सभाको संचालन नेकपाका प्रवक्ता प्रकाण्ड ले गरि रहेका छन भने उक्त सभाको सभाध्यक्ष नेकपा क्रान्तिकारी माओबादीका मोहन वैद्यले गरि रहेका छन।

जनप्रदर्शनपछिको उक्त बिरोध सभालाई नेकपाका महासचिव विप्लव, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी, देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेल र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका संयोजक आहुती लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

