एमसीसीबिरुद्ध देशव्यापी बिरोध प्रदर्शन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीसहित ६ कम्युनिष्ट पार्टी र दुई मोर्चाका युवा संगठनहरुले एमसीसीबिरुद्ध देशव्यापी बिरोध प्रदर्शन गरेका छन् । यसैक्रममा शनिबार मध्यान्ह काठमाडौँको माइतीघरदेखि सुरु भएको बिरोध प्रदर्शन नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी निकट युवा संगठन नेपालका महासचिव विदुशीले एमसीसी सम्झौता नेपालमा कुनै पनि हालतमा लागु हुन नदिने बताइन् । कयौँ देशमा एमसीसी लागु नभई फर्किएको इतिहास रहेको भन्दै नेपालमा पनि लागु हुनै नदिई खारेज गर्न सबै एकजुट भएर लाग्नुपर्ने बताइन् । विकासको नाममा सहयोगको नाममा नेपालीहरुमाथि थोपरिन लागेको दासत्व कुनै पनि हालतमा स्वीकार्य नहुने पनि उनले ठोकुवा गरिन् । राष्ट्रिय स्वाधिनताका लागि आफूहरु मर्न तयार रहेको तर राष्ट्रघाती एमसीसीलाई कुनै पनि हालतमा नेपालबाट लखेटेरै छाड्ने अठोट व्यक्त गरिन् ।

त्यसैगरी कोणसभामा नेकपा (क्रान्तिकारी माओवादी) निकट क्रान्तिकारी युवा लिग नेपालका नेता उत्तम थापा, अखिल नेपाल युवक संघका प्रतिनिधि कृष्णराज पाण्डे, पिपुल्स फोर्स नेपालका अध्यक्ष दिपक थापा, वैज्ञानिक समाजवादी युवा लिग नेपालका संयोजक छलाङ, वाइसिएल समाजवादी नेपालका प्रतिनिधि कपिल सिजापति लगायतले सम्बोधन गर्दै नेपालको स्वाधिनता र स्वाभिमानका लागि युवाहरु जस्तोसुकै आन्दोलन गर्न तयार रहेको बरु एमसीसी लागु हुनै नदिने बताएका थिए ।
कार्यक्रमको सञ्चालन युवा संगठन नेपालका सचिवालय सदस्य सुमनले गरेका थिए ।
प्रदर्शनमा सहभागी सबै युवाहरुले सांकेतिक खुकुरी देखाउदै राष्ट्रघाती दलालहरू हासियार भन्दै राष्ट्रघाती एमसीसी खारेज गर लगायतका नारा लगाएका थिए ।

यसैगरी, कैलालीको धनगढीमा राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध ६ राजनीतिक दलनिकट युवा सङ्गठनले संयुक्त रूपमा प्रदर्शन गरेका छन् । कैलाली र कञ्चनपुरबाट संयुक्त रूपमा सहभागी प्रदर्शनकारीले एमसीसी सम्झौता देश र जनताको हितमा नरहेकाले उक्त सम्झौतालाई यथाशीघ्र खारेज गर्न माग गर्दै नाराजुलुससहित विरोध जनाएका छन् ।
विरोध कार्यक्रममा सम्बेधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य ओमप्रकाश पुनले एमसीसी सम्झौता सामान्य अनुदानको विषय नभई अमेरिकी राजनीतिक प्रभाव बढाउने षड्यन्त्रसहित सैन्य रणनीतिलाई आर्थिक सहयोगका रूपमा नेपाल भित्रिएकाले यो नेपालका लागि घातक रहेको बताए । एमसीसीका कारण नेपालको सार्वभौमसत्ता, संस्कृति, राष्ट्रियता र राष्ट्रिय अस्मिता सङ्कटमा परेको भन्दै उनले देशका हरेक नागरिकहरूले राष्ट्रघाती कदमबाट देशलाई बचाउन एक हुनुपर्नेमा जोड दिएका थिए ।
उनले भने, ‘संसद्वादी दलालहरूले गर्ने राष्ट्रहितविपरीतका एजेन्डाहरूलाई दीर्घकालीन निकास दिनका लागि यो दलाल संसदीय व्यवस्थाको अन्त्य गरी वैज्ञानिक समाजवादी राज्यव्यवस्था स्थापना गर्नु अनिवार्य छ । एमसीसी र यस्ता राष्ट्रघाती सम्झौताविरुद्ध सम्पूर्ण देशभक्त, न्यायप्रेमी जनसमुदाय एक ठाउँमा उभिएर आन्दोलनमा उत्रनु जरुरी छ ।’
कार्यक्रममा युवा सङ्गठन नेपालका केन्द्रीय उपाध्यक्ष दिनेशले युवाहरूलाई राष्ट्रघातका विरुद्ध सडकमा आउन अपिल गर्दै राष्ट्रियता र राष्ट्रिय स्वाधीनताको लडाइँमा आवश्यक परे बलिदानको कोटा चुक्ता गर्न युवा सङ्गठन नेपाल तयार रहेको बताए । संयुक्त सङ्गठनका तर्फबाट सहभागी अन्य वक्ताहरूले राष्ट्रघाती एमसीसी सम्झौता खारेज हुनुपर्नेमा जोड दिएका थिए ।
विरोध प्रदर्शनमा राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर, एमसीसी चाहिँदैन– देश बेच्न पाइँदैन, एकीकृत जनक्रान्ति जिन्दावाद, संयुक्त आन्दोलन जिन्दावादलगायत नारा लगाइएको थियो । युवा सङ्गठन नेपालका केन्द्रीय सचिवालय सदस्य तथा सुदूरपश्चिम इन्चार्ज भुवन कुँवरले कार्यक्रम सञ्चालन गरेका थिए ।

यसैगरी, कोहलपुरमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता संसदबाट अनुमोदन गरिएको विरोधमा मार्चपास गरिएको छ । विप्लव नेतृत्वको नेकपा निकटको युवा सङ्गठन नेपाल बाँकेले सरकारद्धारा एमसीसी परियोजना अनुमोदन गरिएको विरोधमा शनिबार कोहलपुरमा मार्चपास गरेको हो । कोहलपुर विद्युत रोडदेखि सुरु भएको मार्चपास सहितको र्याली साझाचोक, न्युरोड, बसपार्क हुँदै चौराहमा आएर कोणसभामा परिणत भएको थियो ।
कार्यक्रमम सहभागी युवाहरुले राष्ट्रघाती एमसीसी खारेज गर, राष्ट्रिय स्वाधीनताको रक्षा गरौँ, संसदीय व्यवस्था मुर्दावाद, वैज्ञानिक समाजवाद जिन्दावाद, एकीकृत जनक्रान्ति जिन्दावाद, एमसीसीका दलालहरु होसियार लगायतका नाराहरु लगाएका थिए ।
उक्त कोणसभालाई सम्बोधन गर्दै युवा सङ्गठन नेपालका केन्द्रिय सचिव तिलक योगीले संसदबाट अनुमोदन गरिएको एमसीसी सम्झौता राष्ट्रघाती भएको भन्दै यसलाई कार्यान्वयन हुन नदिने चेतावनी दिए । एमसीसी सम्झौताले देशमा अनेक किसिमका समस्या उत्पन्न बनाउने कुरा निश्चित भएको बताउदै नेपालका संसदवादीहरुले इतिहासकालदेखि गरेका राष्ट्रघात र जनघातका विरुद्ध विद्रोह गर्न देशभक्त युवाहरुलाई आव्हान समेत गरेका छन् ।
उक्त विरोध सभालाई नेपाल कम्युनिस्ट पार्टीका बाँके जिल्ला सेक्रेटरी तेज बहादुर खड्का ‘अनिल’ ले समेत सम्बोधन गरेका थिए भने कार्यक्रमको सन्चालन युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य तथा बाँके जिल्ला अध्यक्ष दिपक बुढाथोकीले गरेका थिए ।

यता, नेकपासहितका दलहरुको युवा संगठनहरुले आज कालिकोटमा एमसीसी विरुद्ध विरोध प्रदर्शन गरेका छन । जिल्लाको रास्कोट ,खाडाचक्र नगरपालिका लगायतका ठाउँमा एमसीसी विरुद्ध विरोध प्रदर्शन गरेका हुन । राष्ट्रघाती एमसीसी चाहिदैन, देश वेच्न पाईदैन,सेर प्रचण्ड दलाल हुन,जनता सवै होसिया हौ,जस्ता नारा वाजी गरिएको छ । विरोध प्रदर्शन पछिको कोण सभामा वोल्ने नेताहरुले दलाल सरकारको राष्ट्रघाती चरित्र भएकाले एमसीसी पास गरिएको र यसलाई रोक्नु पर्ने वताएका छन ।
नेकपालगायत ६ पार्टी र दुई मोर्चाका पूर्व घोषित संघर्षका कार्यक्रम अन्तरगत नेकपा लगायतका दलहरुका युवा संगठनहरुले विरोध प्रदर्शन गरेका हुन । देउवा नेतृत्वको सरकारले गत फागुन १५ गते नेपालको संसदवाट राष्ट्रघाती एमसीसी सम्झौता अनुमोदन गरेको थियो । नेकपा लगायतका दलहरुले एमसीसी नेपालको राष्ट्रिय स्वाधीनता विरुद्ध नेपाललाई अमेरिकी सैन्य अखडा वनाउने उद्देश्यले ल्याएको भन्दै विरोध गर्दै आएका छन । ती दलका युवा संगठनहरुले शनिवार देशैभर विरोध प्रदर्शन गरेका छन ।
यसैविच वाँकेको नेपालगंजमा पनि एमसीसी विरुद्ध विरोध प्रदर्शन भएको छ । युवा संगठनको अगुवाईमा एमसीसी विरुद्ध विरोध प्रदर्शन भएको जनाईएको छ ।
यसैगरी, एमसीसी संझौताविरूद्व नेकपासहित ६ राजनीतिक पार्टी र २ मोर्चाको संयुक्त केन्द्रीय कार्यक्रम अनुसार नेपाल कम्युनिस्ट पार्टी नेतृत्व संगठन युवा सगठन नेपाल कपिलवस्तुले आज चन्द्रौटामा बिरोध प्रदर्शन गरेको छ।बिरोध कार्यक्रमलाई युवा संगठन नेपाल केन्द्रिय सदस्य तथा कपिलवस्तु जिल्ला इन्चार्ज बाद्लले सम्बोधन गर्दै राष्ट्रघाती एमसीसी नेपाली जनता र नेपालको पक्षमा नहुँदा हुँदै पनि शासकले पास गरेकोले अब हरेक युवा चोक चोक बाट उठ्न जरुरी रहेको दाबी दिनुभयो ।जनताको दैनिक जीवनसँग जोडिएका पेट्रोलियम तथा खाद्यवस्तु जस्ता अत्यावश्यक वस्तुमा नेपाल सरकारले निरन्तर मूल्यबृद्धि गरेको यो अन्यायपूर्ण उत्पीडनलाई मुकदर्शक भएर हेरिरहँन नसक्ने भन्दै सम्पूर्ण मूल्यबृद्धिका विरुद्ध र रास्ट्रघाती एमसीसी विरुद्ध सशक्त प्रतिरोध सङ्घर्षमा उत्रन सबै युवा हरुलाई अपिल समेत गरेका थिए ।कार्यक्रम सम्बोधन वक्ता युवा संगठन नेपाल ( क्रान्तिकारी ) प्रदेश सदस्य विनय रैदाश गरेका थिए। भने अखिल नेपाल युवक संघका टिना अदैको सञ्चालनमा सम्पन्न भएको थियोे ।

यसैबीच , राष्टघाती mcc सम्झौताबिरुद्द कर्णाली प्रदेशका सबै जिल्लाहरुमा विरोध जनप्रदसन गरेक छन । दैलेख,कालिकोट,सुर्खेत,बाके,जाजरकोट,बर्दिया लगायतका जिल्लामा ६ राजनीतिक पार्टी र २ मोर्चानिकट सयुक्त युवा संगठनको आयोजनामा राष्ट्रघाति एमसिसिविरुद्ध भब्य जनप्रदशनसहित कोणसभा सम्पन्न भएको छ । युवा संगठननेपाल का केन्द्रीय सचिव तिलक योगि बाकेमा,संगठनका केन्द्रीय सचिवालय सदस्य दिप जिसि दैलेखमा उपस्थित भएका थिए भने सवै जिल्लाका ईन्चार्ज तथा केन्द्रीय सदस्यहरुको नेतृत्वमा कार्यक्रम सम्पन्न भएको हो। दैलेख जिल्लामा अथिति रहेका दिपले बोल्दै राष्टघाती mcc सम्झौता कथित संसदबाट जवरजस्ती पास गराएर खुसियालि मनाए पनि कुनै हालतमा जनताको तर्फबाट कार्यन्वयन हुन नदिने ठोकुवा गरे । यदी जवरजस्ती कार्यन्वयन गर्न खोजे देश ठूलो दन्दको भुमरीमा जाने र त्यस्को जिम्मा शेरबहादुर देउवाको नेतृत्वमा बनेको गठबन्धन सरकार नै हुने चेतावनी दिए। बाकेमा केन्द्रीय सचिव तिलकले एमसिसि नेपाली जनताको हित विपरित भएको र सैन्य रणनीतिले नेपाललाई ध्वस्त पार्ने भएकाले जनहितमा नरहेको बताए। यता , कर्णाली प्रदेशका जिल्लाहरुमा एमसीसी बिरुद्ध सभा सम्पन्न भएको युवा संगठन नेपालका केन्द्रीय सदस्य तथा दैलेख जिल्ला ईन्चार्ज गोविन्दबहादुर बुढाले जानकारी दिए।