चिनियाँ विदेशमन्त्री वाङ काठमाडौँमा

२०७८ चैत्र ११ गते, शुक्रबार

काठमाडौँ । चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ तीनदिने नेपाल भ्रमणका लागि काठमाडौँ आइपुगेका छन्। परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणामा विदेशमन्त्री वाङ २५ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल आइपुगेका हुन्। विदेशमन्त्री वाङलाई परराष्ट्रमन्त्री नारायण खड्का, परराष्ट्र सचिव भरतराज पौड्याल, चिनियाँ राजदूत हउ यान्छी, शिष्टाचार महापाल दुर्गाबहादुर सुवेदीलगायतले त्रिभुवन विमानस्थलमा स्वागत गरेको थिए। विदेशमन्त्री वाङ दक्षिण एशियाली देशहरू पाकिस्तान, अफगानिस्तान र भारतको भ्रमणपछि नेपाल आएका हुन् ।
वाङले नेपाल बसाइमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री खड्कालगायत नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ। उनले भोलिबाट मात्र औपचारिक वार्ता थाल्नेछन्।
चिनियाँ परराष्ट्रमन्त्री यीले नेपाललाई आर्थिक सहायता घोषणा गर्ने अपेक्षा गरिएको छ। विभिन्न १२ सम्झौतामा हस्ताक्षर हुने दाबी गरिएको छ। विदेशमन्त्री वाङको सुरक्षाका लागि विशेष सुरक्षा टोली तैनाथ गरिएको छ।

प्रतिक्रियाहरु

[anycomment]