‘नेकपालाई निर्वाचनमा भाग लिने अवसर प्रदान गर’

काठमाडौं । नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्गठनले आसन्न स्थानीय निर्वाचनको मितिलाई पछि सारेर सबैलाई समेटी अगाडि बढ्नको लागि सबै सरोकारवालालाई अनुरोध गरेको छ। नेपाल कम्युनिष्ट पार्टीनिकट सो संगठनका संयोजक व्यापक नेपालीले बिहीबार प्रेस बिज्ञप्ति जारी गर्दै
भनेका छन – ‘नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको ३ बुँदे सहमतिको कार्यान्वयन गर्ने सन्दर्भमा २ दर्जनभन्दा बढी राजबन्दीलाई तत्काल विनाशर्त रिहा गरी उहाँहरुलाई निर्वाचनमा भाग लिने अवसर प्रदान गर्न सरकारलाई आग्रह गर्दछौं । नेकपालाई समर्थन गर्ने जनता र त्यस पार्टीका नेता–कार्यकर्तालाई मतदाता सूचीमा नाम दर्ता गर्ने, निर्वाचन आयोगमा आफ्नो संगठन दर्ता गर्ने, बन्दी नेताहरु निर्वाचनमा उम्मेदवार हुन पाउने व्यवस्था गर्नु जिम्मेवार सरकारको दायित्व हुनुपर्दछ । मुख्य राजनीतिक शक्तिलाई बाहिर राखेर एकलौटीरुपमा निर्वाचन गराउने अनिष्टकारी दुस्साहस संसदीय दलहरुले गर्नुहुँदैन । त्यसैले निर्वाचनको मितिलाई पछि सारेर सबैलाई समेटी अगाडि बढ्नको लागि हामी सबै सरोकारवालालाई अनुरोध गर्दछौं । ‘
संयोजक नेपालीले बिज्ञप्तिमार्फत नेपालको स्वाधीनता, जनतन्त्र र श्रमिक वर्गको समृद्धिको लागि राष्ट्रघाती दलालहरुविरुद्ध देशभक्त र सच्चा परिवर्तनप्रेमी जनसमुदायलाई ध्रुवीकृत भई वैज्ञानिक समाजवादी व्यवस्था निर्माणको लागि एकतावद्ध भएर अगाडि बढ्नसमेत अपिल समेत गरेका छन।
यस बिषयमा नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनका संयोजक व्यापक नेपालीले गरेको प्रेस बिज्ञप्ति यस प्रकार रहेको छ –
“नेपालको वर्तमान अर्थराजनीतिका सन्दर्भमा देहायको अपिल गर्दछौं ।
१. नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको ३ बुँदे सहमतिको कार्यान्वयन गर्ने सन्दर्भमा २ दर्जनभन्दा बढी राजबन्दीलाई तत्काल विनाशर्त रिहा गरी उहाँहरुलाई निर्वाचनमा भाग लिने अवसर प्रदान गर्न सरकारलाई आग्रह गर्दछौं । नेकपालाई समर्थन गर्ने जनता र त्यस पार्टीका नेता–कार्यकर्तालाई मतदाता सूचीमा नाम दर्ता गर्ने, निर्वाचन आयोगमा आफ्नो संगठन दर्ता गर्ने, बन्दी नेताहरु निर्वाचनमा उम्मेदवार हुन पाउने व्यवस्था गर्नु जिम्मेवार सरकारको दायित्व हुनुपर्दछ । मुख्य राजनीतिक शक्तिलाई बाहिर राखेर एकलौटीरुपमा निर्वाचन गराउने अनिष्टकारी दुस्साहस संसदीय दलहरुले गर्नुहुँदैन । त्यसैले निर्वाचनको मितिलाई पछि सारेर सबैलाई समेटी अगाडि बढ्नको लागि हामी सबै सरोकारवालालाई अनुरोध गर्दछौं ।
२. नेपालको वर्तमान आर्थिक अवस्था नाजुक बनाउन दशकौंदेखिको नवउदारवादी दलाल संसदीय अर्थराजनीति जिम्मेवार छ । मूलतः विप्रेषणबाट प्राप्त अर्थतन्त्रको दुर्लभ स्रोतसाधन केही शय व्यक्तिलाई अकुत फाइदा हुने गरी अनुत्पादक र सट्टेबाजी क्षेत्रमा प्रवाहित गराएर आन्तरिक उत्पादन, रोजगारी, आयआर्जनलगायतलाई ध्वस्त बनाई उपभोग, बचत र लगानीमा विश्रृंखलता ल्याउने सत्ताधारीहरुनै ‘आफैं बोक्सी आफैं धामी’ भन्ने कहावतझैं यो संकटको लागि एकअर्को पक्ष जिम्मेवार रहेको भनी जनतासामुन्ने भ्रमात्मक रडाको मच्चाइरहेका छन् ।
३. नेपालको स्वाधीनता, जनतन्त्र र श्रमिक वर्गको समृद्धिको लागि राष्ट्रघाती दलालहरुविरुद्ध देशभक्त र सच्चा परिवर्तनप्रेमी जनसमुदायलाई ध्रुवीकृत भई वैज्ञानिक समाजवादी व्यवस्था निर्माणको लागि एकतावद्ध भएर अगाडि बढ्नसमेत अपिल गर्दछौं ।”