नेकपा दैलेखकाे तेस्रो पुर्ण बैठक सम्पन्न

२०७९ बैशाख २ गते, शुक्रबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी दैलेखकाे प्रशिक्षण तथा तेस्रो पुर्ण बैठक सम्पन्न भएकाे छ।अाठबिस नगरपालिकाकाे बडानं१सात्तालामा भएकाे बैठक तथा प्रशिक्षणका प्रमुख अतिथि नेकपा केन्द्रीय सदस्य एटम विसीले सँसदीय ब्यवस्थाले नेपाली जनताका जनअधिकार र स्वाधिनताकाे रक्षा गर्न नसक्ने वताए । बैज्ञानिक समाजबादी व्यवस्थाले मात्र जनतालाई अधिकार सम्पन्न र देशलाई स्वाधिन वनाउने कुरामा जाेड दिए । पार्टीकाे केन्द्रीय समितिले स्थानिय तहकाे चुनावलाई दल दर्ता नगरी उपयाेग गर्ने निर्णय गरेकाले सम्पुर्ण अाफ्ना कार्यकताहरुलाई जनताकाे विचमा गएर याे व्यवस्थाकाे भन्डाफाेर गर्न राष्टघाति एमसिसि पक्षधरहरुलाई जनताकाे बलमा लखेट्नु पर्ने कुरा उल्लेख गरे । बैठकले सम्पुर्ण गाउँ र नगरका बैठक प्रशिक्षणहरु गर्ने,सम्भावित गाउँ ,नगर र वार्डहरुमा स्वतन्त्र उम्मेदारी दिने, सँसदीय व्यवस्थाकाे भन्डाफाेर गर्ने र जनताई एकीकृत जनक्रान्तिकाे कार्यदिशा बारे स्पष्ट पार्ने निर्णय गरेकाे छ।बैठक तथा प्रशिक्षण कार्यक्रम जिल्ला समिति सेक्रेटरी कमरेड दिपेन्द्रकाे अध्यक्षतामा सम्पन भएकाे थियाे। बैठकबाट पार्टीलाई अात्मनिर्भर बनाउन १विघा जमिनमा धान खेती र १ विघा जमिनमा मकै खेती गर्ने निर्णय गरिएकाे जानकारी जिल्ला सेक्रेटरी कमरेड दिपेन्द्रले दिए ।

प्रतिक्रियाहरु

[anycomment]