जनपक्षीय उम्मेदवारको पक्षमा मतदान गर्न अपिल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी गुल्मीले एमसीसी विरोधी देशभक्त, प्रगतिशील र जनपक्षीय उम्मेदवारको पक्षमा मतदान गर्न जनतालाई अपिल गर्ने र जनमत संग्रह र वैज्ञानिक समाजवादको पक्षको व्यापक प्रचार गर्ने निर्णय गरेको छ । सो पार्टीको प्रथम बैठकले १ महिने संगठन विस्तार अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको छ । त्यसैगरी बैठकले स्थानीय तहमा भएको बेरुजु, भ्रष्टाचार, आर्थिक अराजकताको सशक्त भण्डाफोर गर्ने निर्णय गरेको जिल्ला सेक्रेटरी सुमनले बताए । उनले जिल्लामा शिवगढीमा बसेको केन्द्रीय समितिको १२ औं पूर्ण बैठकको निर्णयलाई कार्यान्वयन गर्ने निर्णय गरेको बताउँदै जिल्लामा भएको महंगी, कालाबजारी, दलाल, तस्कर, सामाजिक अपराधी र लघुवित्त संस्थाको ज्यादतीविरुद्ध सशक्त जनकारवाही चलाउने बताए ।
बैठकले जनयुद्धमा सहादत प्राप्त गर्ने मनोजका वुवा सत्यवती गाउँपालिका वडा नं. २ चेहेमीस्थित नरबहादुर तरामुको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली समेत व्यक्त गरेको छ ।