स्थानिय निर्वाचनमा जनपक्षिय उम्मेदवारलाई सहभागी गराउने र सहयोग गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी कास्कीले स्थानिय निर्वाचनलाई एक सङ्घर्षको मोर्चा बनाउदै जनपक्षिय र राष्ट्रवादी, एम.सी.सी विरोधी उम्मेदवारलाई सहभागी गराउने र सहयोग गर्ने तथा संसदीय व्यवस्थाको भण्डाफोर गर्ने बताएको छ । नेकपा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज उमा भुजेलको प्रमुख आथित्यतामा बसेको २१ औं पुर्ण बैठकले सो निर्णय गरेको हो ।
नेकपा कास्कीका सेक्रेटरी काजी गुरुङको अध्यक्षतामा बसेको उक्त बैठकमा आगामी बैठकले जिल्लाको आयव्याय अनुमोदन गर्नुका साथै विभिन्न साङ्गठनिक निर्णयहरुसमेत गरेको बताइएको छ ।